Events

News

आधारभूत कृत्रिम बुद्धिमता (Basic Artificial Intelligence Training ) तालिम सम्पन्न

  • Bishal Timalsina
  • Aug 10, 2026 (2 weeks ago)
  • Banepa -7
आधारभूत कृत्रिम बुद्धिमता (Basic Artificial Intelligence Training ) तालिम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा आधारभूत कृत्रिम बुद्धिमता (Basic Artificial Intelligence Training ) तालिम बानेश्वर स्थीत कार्निभल रेष्ट्रो एण्ड मिटिङको सभाहलमा मिति २०८३ श्रावण २३ गते शनिवार सम्पन्न भएको छ ।

बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालन भएको तालिमको प्रशिक्षण तथा सहजिकरण प्रशिक्षक प्रतिक शर्माले गर्नुभएको थियो । कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले कार्यक्रमको औचित्य तथा उपदेयतामाथी प्रकाश पार्दै उपस्थीत सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख सुदर्शन दाहाल ले गर्नुभएको थियो । तालिममा बागमती प्रोस्कून सहित विभिन्न संघ सस्थाबाट ६० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष उद्धव सापकोटाले प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ताको प्रयोग र यसको महत्व बढ्दै गएको बताउँदै सहकारी क्षेत्रमा समेत यसको प्रभावकारी उपयोग आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा समेत आवश्यक समन्वय र निरन्तर सहकार्यका लागि अनुरोध गर्नुभयो ।

तालिममा प्रशिक्षक प्रतिक शर्माले सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ताको आधारभूत अवधारणा, दैनिक कार्यसम्पादनमा यसको प्रयोग, विभिन्न सूचना तथा सामग्री निर्माण, कार्यालयीय कार्यमा प्रविधिको उपयोग लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो भने प्रयोगात्मक अभ्यास पनि गराउनु भएको थियो ।

कार्यक्रमको समापनमा सम्पूर्ण सहभागीहरुलाई डिजिटल रुपमा प्रमाणपत्र वितरण गर्दै संघका प्रमुख कार्यकारी अधिकृतले तालिममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण सहभागी, प्रशिक्षक लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

Other News

Affiliations