News

गरिवी बिरुद्ध वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

  • नवराज घोरसाईने
  • Dec 17, 2024 (1 year ago)
गरिवी बिरुद्ध वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सहकारी सञ्चालनको अबको दिशा– वित्तीय साक्षरता मार्फत गरिबी निवारणमा प्रत्यक्ष सरोकार

बागमती प्रोस्कूनको वित्तीय साक्षरताको पूर्ण प्रशिक्षण मध्येको एक मोड्यूल गरिबी विरुद्ध वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम चितवनको सौराहा स्थित गैरीबारी रिसोर्टमा २०८१ मंसिर २३ देखि २६ मा सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले वित्तीय शिक्षाको पूर्ण मोड्यूल तयार गरी पूर्णदक्ष प्रशिक्षक तयार गर्ने नीति अनुरुप तीन मोड्यूलमा पाठ्यक्रम विकास गरेको हो । यूवाका लागि वित्तीय शिक्षा, गरिबी विरुद्ध वित्तीय शिक्षा र वित्तीय शिक्षा गरी आवासिय रुपमा १० दिन सम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रमको पहिलो मोड्यूल यूवाका लागि वित्तीय शिक्षाको प्रशिक्षण गत आ.व.मा सम्पन्न गरेको थियो ।
 
सहकारी विकास वोर्डका सदस्य तथा बागमती प्रोस्कूनका सल्लाहकार तेजेन्द्र बहादुर खड्काले उद्घाटन गर्नुभएको उक्त प्रशिक्षक प्रशिक्षण तालिम ३१ वटा संघसंस्थाबाट ३६ जना सहभागीहरु विच संचालन भएको थियो । प्रत्यक्ष संलग्नता सिकाई विधीबाट संचालित तालिमको सहजीकरण संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले गर्नुभएको थियो । तालिम कार्यक्रममा संघका कार्यक्रम अधिकृत द्धेय नवराज घोरसाइने र विमला पुडासैनीले समूह संयोजन र मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । पौष २६ गते संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यको उपस्थिती रहेको थियो । प्रमाणपत्र वितरण गर्दै संघका अध्यक्ष सापकोटाले संघले पूर्ण दक्ष प्रशिक्षक तयार गर्ने उद्धेश्य सहित तालिम पाठ्यक्रम तयार पारेको र सहकारी विभागबाट प्रमाणीकरणको तयारीमा रहेको जानकारी गराउँदै सहभागीलाई वित्तीय शिक्षा मार्फत सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय भूमिका निर्वाह गर्न आव्हान गर्नुभयो ।

Other News

Affiliations