News

बागमती प्रोस्कूनको प्राविधिक सहयोग तथा नव चौतर्फी साकोसको आयोजनामा कोशिस कार्यक्रम दोस्रो समूहको 8th WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Nov 05, 2025 (10 months ago)
बागमती प्रोस्कूनको प्राविधिक सहयोग तथा  नव चौतर्फी साकोसको आयोजनामा कोशिस कार्यक्रम दोस्रो समूहको   8th WE CAN Workshop  सम्पन्न

बागमती प्रदेश सरकार समेतको सरोकार रहेको स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध साकोसहरुको दोस्रो समूहको आठौं सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला ( Eight Worth And Effective Cooperation And Novelty Management Workshop)  आयोजक संस्थाका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा, गोकर्णेश्वर न.पा वडा नं.४ का वडाअध्यक्ष जयराम महत तथा बागमती प्रोस्कूनका अध्यक्ष  उद्धव सापकोटाको आतिथ्यतामा दोस्रो समूहमा आवद्ध ९ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिती र प्रस्तुतिमा जे.वि फिसिङ रिर्सोट, गोकर्णेश्वर ४ किसिगाल काठमाडौमा  मिति २०८२ कार्तिक महिनाको १६ गते आइतवार सम्पन्न भएको छ ।

आठौ कार्यशालाको  कार्यक्रम संचालन नव चौतर्फी साकोसका कोषाध्यक्ष प्रदिप फुयाल, साथै स्वागत मन्तव्य  उपाध्यक्ष विजया खनालले गर्नुभएको थियो । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाज्यूले कोशिस कार्यक्रममा संघको तर्फवाट प्राप्त सुझावहरु कार्यन्वयनका लागि कार्ययोजना अनुरुप अघि बढ्नुपर्ने सुझाव राख्दै नियमक निकायको मार्गदर्शन अनुरुप कार्यालय सञ्चालन गर्न यस किसिमका कार्यक्रमले सहयोग गर्ने , कार्यक्रममा प्रस्तुत गरिएको प्रस्तुति माथिको विश्लेषण सहित सुधार गरी साकोसको स्तर उन्नतिमा वागमती प्रोस्कूनको पूर्ण सहयोग हुने त्यसका लागि आवद्ध साकोसहरुलाई निरन्तर सम्पर्कमा रही सिकाई संचारलाई प्राथमिकतामा राख्नुपर्ने विषय जोड्दै  शुभकामना प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथी महतले सुशासनको विषयलाई जोड दिदै कानुनी परिपालनालाई नजर अन्दाज नगरी सिकाईलाई अभ्यासमा लागू गर्न निर्देश गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो

कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको थप क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक  WE CAN मा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (Documentation and Reporting)  सँग सम्वन्धित भई कार्यालयमा रहने अभिलेख एवं प्रतिवेदनहरु र सोको व्यवस्थापन विषयक अनुशिक्षण गर्नुभयो ।

साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा कार्यक्रम अधिकृत विमला पुडासैनी र किशोर पौडेलले सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो ।

उक्त समूहको आगामी नवौं कार्यशाला गोष्ठि श्रीलाभ साकोस न्यूरोड काठमाडौको आयोजनामा मिति २०८२ माघ १७ गते शनिवारका दिन आयोजना गर्ने निर्णय भएको छ । आयोजक संस्थाले गरेको उचित व्यवस्थापन सहितको कार्यक्रमको आयोजना प्रति सम्पूर्ण साकोस र बागमती प्रोस्कून हार्दिक आभार प्रकट गर्दछ 

Other News

Affiliations