News

बागमती प्रोस्कूनको त्रैमासिक प्रगति समिक्षा तथा कर्मचारी सक्षमता विकास कार्यक्रम सम्पन्न

  • Bishal Timalsina
  • Oct 27, 2025 (10 months ago)
  • Bhaktapur
बागमती प्रोस्कूनको त्रैमासिक प्रगति समिक्षा तथा कर्मचारी सक्षमता विकास कार्यक्रम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को व्यवस्थापन तहको पहिलो त्रैमासिक प्रगति समिक्षा तथा बागमती प्रोस्कून सेवामा कार्यरत कर्मचारीहरुको सक्षमता विकास कार्यक्रम २०८२ कार्तिक १० गते सोमबार होटल भ्यू भक्तपुरको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा तथा बागमती प्रोस्कूनका महासचिब गोविन्द प्रसाद काफ्लेको उपस्थितीमा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरुले पहिलो त्रैमासको प्रगती तथा लक्ष्य प्राप्तीको अवस्थालाई समेटेर आफ्नो प्रस्तुती राख्नुभएको थियो । बागमती प्रोस्कूनका लेखा तथा प्रशासन शाखा प्रमुखले संघको लेखा तथा प्रशासनीक क्षेत्रको उपलब्धिको अवस्था, सुधारको प्रक्रिया साथै कर्मचारी प्रशासनमा अपनाउनुपर्ने विधि प्रक्रिया, सेवा सुविधाको विषय समेटेर आफ्नो प्रस्तुति मार्फत जानकारी गराउनुभयो भने तालिम, अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले संघले तालिम अनुसन्धान तथा विकासमा हाल सम्म प्राप्त गरेको उपलब्धी, आगामी दिनमा गर्नुपर्ने कार्यक्रम र क्रियाकलाप समेट्दै बागमती प्रोस्कुन सेवामा नव प्रवेसी कर्मचारीहरुलाई स्वागतका साथ कर्मचारीहरुको सक्षमता विकासका लागि गर्नुपर्ने विविध विषयलाई समेटि उत्प्रेरणामूलक प्रस्तुति राख्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रोस्कूनको ब्यवसाय तथा अन्तरशाखा समन्वय विभाग प्रमुख सुदर्शन दाहालले संघले ब्यवसायीक क्षेत्रमा हालसम्म प्राप्त गरेका उपलब्धी, आगामी लक्ष्य साथै नियामकिय निकायको मापदण्ड तथा बजारको अवस्थाको कारण ब्यवसायमा देखा परेको समस्या लगायत विविध विषय समेटेर आफ्नो प्रस्तुती राख्नु भएको थियो त्यसैगरी बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृतले बागमती प्रोस्कूनको उपलब्धि, भोग्नु परेका समस्या तथा समस्या समाधानका लागी आगामी दिनमा अवलम्वन गर्नुपर्ने बाटो, कर्मचारीहरुको ब्यक्तिगत तथा ब्यवसायीक सक्षमता विकासका लागी अवलम्वन गर्नुपर्ने पद्धतीहरु, सिप विकास र सफलता प्राप्तीको लागी चाल्नुपर्ने कदमहरु लगायतका विषय समेट्दै सम्पूर्ण कर्मचारीहरुलाई कार्यसञ्चालनमा मार्गनिर्देशन प्रदान गरी नयाँ प्रवेशी कर्मचारीलाई संघले चालु आ.वमा लिएको लक्ष्य सहितको कार्यविवण प्रदान गर्नुभएको थियो ।
संघमा आवद्ध सम्पूर्ण कर्मचारीको उपस्थितीमा त्रैमासिक समिक्षा सहित सम्पन्न कार्यक्रममा संघका अध्यक्ष र महासचिवले समितिको तर्फवाट आचारसंहिता सहितको मार्गनिर्देशन, थप मेहनत गर्ने उत्प्रेरणा, नयाँ कर्मचारीलाई स्वागत लगायतका विषयवस्तु जोड्दै मन्तव्य राख्नुभएकोे थियो । संघले व्यवस्थापन तहको त्रैमासिक र सञ्चालक तहको अर्धबार्षिक समिक्षा गरी योजनाको कार्यन्वयनमा अघि बढ्ने लक्ष्य लिएको छ ।

Other News

Affiliations