News

बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरको साझेदारीमा कोशिस तेस्रो समूहको 3rd We Can Workshop सम्पन्न

  • Bishal Timalsina
  • Sep 15, 2025 (11 months ago)
  • काठमाडौ
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरको साझेदारीमा कोशिस तेस्रो समूहको 3rd We Can Workshop सम्पन्न

बागमती प्रदेश सरकारसंगको सहकार्य रहेको बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिसमा  ललितपुर महानगर उद्योग तथा सहकारी महाशाखा, बागमती प्रोस्कून र ललितपुर  नियमन क्षेत्रभित्र रहेका प्रारम्भिक संस्थाहरुको त्रीपक्षीय सम्झौता बमोजिम कोशिस तेस्रो समूहको तेस्रो सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला (Third Worth and Effective Cooperation And Novelty Management Workshop) आयोजक संघ बागमती प्रोस्कूनका महिला उपाध्यक्ष श्री कल्पना श्रेष्ठज्यूको अध्यक्षता, सहकारी महाशाखा प्रमुख दयाराम खत्रीको आतिथ्यतामा तेस्रो समूहमा आवद्ध ७ वटा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थितीमा, बागमती प्रोस्कूनको सेवा कार्यालय काठमाडौमा मिति २०८२ भाद्र ३० गते सोमवार सम्पन्न भएको छ । 

संघका व्यवसाय अधिकृत अधिकृत सुदर्शन दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो भने ललितपुर महानगरपालिका सहकारी महाशाखाका प्रमुखले सहकारीहरुको सुशासन र दिगोपनाको लागि यस किसिमको कार्यक्रमले सकारात्मक परिणाम ल्याउने हुँदा आफु मातहतका सहकारी संस्थाहरुलाई महानगरपालिकाले सहयोग गर्दै अघि बढाउने त्यसका लागि संस्थाहरुको क्रियाशिलता र नीतिको पालनामा प्रयाप्त ध्यान दिनुपर्ने विषय राख्दै कार्यक्रम छलफल र परिणाममुखी रहोस भनी शुभकामना समेत व्यक्त गर्नुभएको थियो 

कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक We Can Workshop मा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले साधारण सभाको बैधानिकता (Legitimacy of General Meeting ) सँग सम्वन्धित भई साधारणसभाको कार्यप्रक्रिया र बैधानिकता विषयमा अनुशिक्षण गराउनुभएको थियो ।

दोस्रो चरणमा उपस्थित ७ वटै साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रगति प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा कार्यक्रम अधिकृत विमला पुडासैनी र व्यवसाय अधिकृतले सुदर्शन दाहालले सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो । बागमती प्रोस्कूनका महिला उपाध्यक्ष कल्पना श्रेष्ठको दिनभर सहभागीता रहेको कार्यक्रममा सम्पूर्ण साकोसको प्रस्तुतिकरण र सोमा सुधार गर्नुपर्ने विषय र असल अभ्यासलाई अनुसरण गर्नेगरी आफ्नो भोगाई र अनुभव साटासाट गर्नुभएको थियो । 

उक्त समूहको आगामी चौथो कार्यशाला गोष्ठि बागमती प्रोस्कूनको आयोजनामा  मिति २०८२ पौष ६ गते सोमवारका दिन आयोजना गर्ने निर्णय भएको छ।

Other News

Affiliations