बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बामगती प्रोस्कून) ले विकास गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध नवौं समूहका ११ वटा सहकारी संस्थाहरुको तेश्रो WE CAN कार्यशाला इन्द्रसरोवर गाउकार्यपालिकाको सभाहल कुलेखानी मकवानपुरमा मिति २०८३/०७/१८ गते सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र इन्द्रसरोवर गाउँपालिकाको साझेदारीमा समूहमा आवद्ध ११ वटा सहकारी संस्थाहरु मध्ये १० वटा सहकारी सस्थाहरुबाट २८ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका उपाध्यक्ष श्री कल्पना श्रेष्ठको अध्यक्षता र इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने इन्द्रसरोवर गाउपालिका योजना शाखाका श्री हिरालाल बलामी, इन्द्रसरोवर सहकारी समन्वय संजालका अध्यक्ष श्री धनराज महर्जनको आतिथ्यता रहेको थियो । कार्यक्रममा इन्द्रसरोवर गाउपालिका योजना शाखाका श्री हिरालाल बलामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत श्री किशोर पौडेलले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोवार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत श्री किशोर पौडेलल “सहकारीमा आन्तरिक शुसासन” विषयमा अनुशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा समूहमा आवद्ध सस्थाहरुले संघले उपलब्ध गराएको प्रस्तुतीकरणको ढाँचामा आधारित रही विगत ३ महिनाको प्रगति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रोस्कूनका उपाध्यक्ष श्री कल्पना श्रेष्ठले कार्यक्रममा संस्थाहरुले गर्नु भएको प्रस्तुतीकरण उपर पृष्ठपोषण तथा हालको नियमाकीय ब्यवस्थाकोे जानकारी गराउदै कानुनी अनुपालनाको लागी सहभागीहरुको ध्यानाकर्षण गराउनुभएको थियो भने बागमती प्रोस्कूनका सदस्य सेवा अधिकृत किशोर पौडेलले संस्थाहरुले गर्नु भएको प्रस्तुतीकरण उपर प्राविधिक सुझाव सहित पृष्ठपोषण गर्नु भएको थियो ।
यस समुहको आगामी चौथो WE CAN कार्यशाला मिति २०८३ माघ १८ गते सोमबार आयोजना गर्ने निर्णय सहित कार्यक्रम सम्पन्न भएको थियो ।