News

बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरको साझेदारीमा कोशिस चौथो समूहको 3rd We Can Workshop सम्पन्न

  • विमला पुडासैनी
  • Sep 14, 2025 (11 months ago)
  • काठमाडौ
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरको साझेदारीमा कोशिस चौथो समूहको 3rd We Can Workshop   सम्पन्न

    बागमती प्रदेश सरकारसंगको सहकार्य रहेको बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिसमा  ललितपुर महानगर उद्योग तथा सहकारी महाशाखा, बागमती प्रोस्कून र ललितपुर  नियमन क्षेत्रभित्र रहेका प्रारम्भिक संस्थाहरुको त्रीपक्षीय सम्झौता बमोजिम कोशिस चौथो समूहको तेस्रो सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला (Third Worth and Effective Cooperation And Novelty Management Workshop)आयोजक संघ बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाज्यूको अध्यक्षतामा चौथो समूहमा आवद्ध ६ वटा सहकारीका पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थितीमा, बागमती प्रोस्कूनको सेवा कार्यालय काठमाडौमा मिति २०८२ भाद्र २९ गते आइतवार सम्पन्न भएको छ । 

संघका व्यवसाय अधिकृत अधिकृत सुदर्शन दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका महिला उपाध्यक्ष कल्पना श्रेष्ठले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो । 

कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक  We Can Workshop मा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले साधारण सभाको बैधानिकता(Legitimacy of General Meeting ) सँग सम्वन्धित भई साधारणसभाको कार्यप्रक्रिया र बैधानिकता विषयमा अनुशिक्षण गराउनुभएको थियो ।

दोस्रो चरणमा उपस्थित ६ वटै साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रगति प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा कार्यक्रम अधिकृत विमला पुडासैनी र व्यवसाय अधिकृतले सुदर्शन दाहालले सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृतले कार्यक्रमको विषयमा थप प्रस्ट पार्दै सम्पूर्ण साकोसका संचालक र व्यवस्थापन प्रतिवद्ध रहे संस्थाको स्तर उन्नती गर्न सकिने त्यसका लागि नीति कार्यविधि र कानुनलाई आत्मासाथ गर्ने गरी तयार गरिएको कोशिस कार्यक्रमको सूचकलाई अनुसरण गर्नुपर्ने सन्दर्भ जोड्दै समापन गर्नुभएको थियो 

उक्त समूहको आगामी चौथो कार्यशाला गोष्ठि बागमती प्रोस्कूनको आयोजनामा  मिति २०८२ मंसिर २८ गते  आइतवारका दिन आयोजना गर्ने निर्णय भएको छ ।

Other News

Affiliations