News

कोशिस तेस्रो समूहको 4th We Can Workshop सम्पन्न

  • विमला पुडासैनी
  • Dec 22, 2025 (8 months ago)
  • काठमाडौ
कोशिस तेस्रो समूहको 4th We Can Workshop सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगर, आर्थिक व्यवस्थापन महाशाखाको साझेदारीमा बागमती प्रदेश सरकारसंगको सहकार्य रहेको बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिसमा ललितपुर महानगर आर्थिक व्यवस्थापन महाशाखा, बागमती प्रोस्कून र ललितपुर नियमन क्षेत्रभित्र रहेका प्रारम्भिक संस्थाहरुको त्रीपक्षीय सम्झौता बमोजिम कोशिस तेस्रो समूहको चौथो सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला (Fourth Worth and Effective Cooperation And Novelty Management Workshop)आयोजक संघ बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा साथै ललितपुर महानगरपालिकाका सहकारी व्यवस्थापन महाशाखा प्रमुख दयाराम खत्रीको आतिथ्यतामा तेस्रो समूहमा आवद्ध ७ वटा सहकारीका पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थितीमा, बागमती प्रोस्कूनको सेवा कार्यालय काठमाडौमा मिति २०८२ पौष ६ गते आइतवार सम्पन्न भएको छ ।
संघका कार्यक्रम अधिकृत विमला पुडासैनीले संचालन गर्नुभएको कार्यक्रममा संघका व्यवसाय अधिकृत सुदर्शन दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको समापनका सत्रमा महानगरपालिकाका सहकारी व्यवस्थापन महाशाखा प्रमुख दयाराम खत्रीले सहकारी सञ्चालनमा परेको समस्यालाई बागमती प्रोस्कूनसँग सहजीकरणको अपेक्षाका साथ यो कार्यक्रम अघि बढेकोले नजानेर नबुझेका विषयमा संस्थाहरु अग्रसर भएर अघि बढ्न निर्देश गर्नुभयो भने अध्यक्षता गरिरहनुभएका सापकोटाले महानगरले सहयोग गरी सहकारी संस्थाहरुको शुसानमा पुर्याएको योगदानको स्मरण गर्दै नियामक निकायले जारी गरेको निर्देशन ऐन कानुन मानेर अघि बढ्न कतिपय विषयमा असहजता रहन्छ सोही असहजतालाई मार्गनिर्देशन गर्ने काम बागमती प्रोस्कून र कोशिस कार्यक्रमले गरेको छ यसर्थ यहाँहरुले दिइएको सुझावलाई अक्षरशः पालना गर्दै अघि बढे उदारणीय संस्थाको रुपमा आफूलाई चिनाउन सक्नुहुनेछ भन्ने सुझाव प्रदान गर्नुभएको थियो ।
कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक We Can Workshop मा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (-Documentation and Reporting) सँग सम्वन्धित भई कार्यालयमा रहने अभिलेख एवमं प्रतिवेदनहरु र सोको व्यवस्थापन विषयक अनुशिक्षण गर्नुभयो ।
दोस्रो चरणमा उपस्थित ७ मध्ये ६ वटा साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रगति प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा व्यवसाय अधिकृत सुदर्शन दाहाल, कार्यक्रम अधिकृत विमला पुडासैनीले सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो ।
उक्त समूहको आगामी पाँचौ कार्यशाला गोष्ठि बागमती प्रोस्कूनको आयोजनामा मिति २०८२ फागुन २७ गते बुधवारका दिन आयोजना गर्ने निर्णय भएको छ ।

Other News

Affiliations