KYM Update
Events

News

कोशिस अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Bishal Timalsina
  • Nov 05, 2026 (2 hours ago)
  • Banepa -7
कोशिस अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को आयोजनामा बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम (कोशिस) अन्तर्गत अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम २०८३ कार्तिक १९ गते विहिबार बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंको सभाहलमा सम्पन्न भएको छ ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) का सचिव श्री ठाकुरप्रसाद बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका सञ्चालक सदस्य हेमबहादुर कार्की तथा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बागमती प्रोस्कूनका सञ्चालक सदस्य श्री हेमबहादुर कार्कीले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई शब्दद्धारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुबाट १८ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा बागमती प्रोस्कूनका विभागिय प्रमुख श्री सुदर्शन दाहालले स्तरीकरण कार्यक्रमको अवधारणा, कोशिस कार्यक्रमका सुचकहरु, नेपालको बचत तथा ऋण अभियानमा स्तरीकरण कार्यक्रमले ल्यायको सकारात्मक परीवर्तन लगायतका विषयवस्तु समेटेर संगठनात्मक दिगोपन र सस्थागत सेवाका लागी सहकारी स्वꓽ नियमन कार्यक्रम (कोशिस) विषयमा आफ्नो प्रस्तुती सहित सहजीकरण गर्नु भएको थियो भने अन्तक्रियामा सहभागीबाट उठेका प्रस्नहरु माथी प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले सम्बोधन गर्नुभई कार्यक्रमको समापन भएको थियो ।

Other News

Affiliations