KYM Update
Events

News

सहकारी सेवा सस्कार रुपान्तरण तालिम सम्पन्न

  • Bishal Timalsina
  • Nov 23, 2026 (4 hours ago)
  • Banepa -7
सहकारी सेवा सस्कार रुपान्तरण तालिम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को अयोजनामा सहकारी सेवा संस्कार रुपान्तरण तालिम मिति २०८३ मंसिर ०६ गते बानेश्वर, मिनभवन स्थीत बागमती प्रोस्कूनको सभाहल सम्पन्न भयको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता रहेको तालिमको उद्घाटन सत्रमा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसादले तालिमको औचित्य, आवश्यकता तथा उपयोगितामाथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले गर्नुभएको थियो ।

सहकारी संस्थामा सदस्य केन्द्रित सेवा प्रवाह, प्रभावकारी सञ्चार, कार्यदक्षता, जोखिम व्यवस्थापन तथा व्यावसायिक कार्य संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा बागमती प्रदेशभित्रका विभिन्न जिल्लाबाट ९ वटा सहकारी संघ/संस्थाका २७ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो ।

चार सत्र सञ्चालन गरिएको उक्त तालिममा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले पहिलो सत्रमा सदस्य सेवा, सुलभता र सदस्यमुखी व्यवहारसहितको सदस्य सेवा संस्कारबार अनुशिक्षण गराउनुभएको थियो । दोस्रो सत्रमा संचार कौशल, सक्रिय सुन्ने कला, सदस्यलाई चिन्ने (KYM) कुराको महत्व तथा सकारात्मक व्यवहार र विश्वास निर्माणसम्बन्धी विषय समेटिएको थियो । तेस्रो सत्र कार्यगत दक्षता र जोखिम सचेतनामा केन्द्रित रहेको थियो, जसमा धोखाधडी (Fraud) चिन्ने संकेत, डाटा गोपनीयता र साइबर सुरक्षा तथा साना गल्तीले निम्त्याउने ठुला जोखिमबारे अनुशिक्षण गरीएको थियो र चौथो सत्रमा समय पालना, पोशाक र शारीरिक प्रस्तुति, कामकाजको आचारसंहिता, विनम्रता र समन्वय, तनाव व्यवस्थापन तथा दैनिक कामको स्वमूल्याङ्कन सहित व्यावसायिकता, अनुशासन र संस्थागत छविका विषयमा अनशिक्षण गरीएको थियो । तालिममा संघका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले पनि सोहि विषयसंग सम्वन्धित रहि प्रशिक्षण गर्नुभएको थियो ।

Other News

Affiliations