News

“बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या समाधानका लागि साझा प्रयास” विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठि सम्पन्न

  • बागमती प्रोस्कून
  • Mar 31, 2025 (1 year ago)
“बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या समाधानका लागि साझा प्रयास” विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठि सम्पन्न
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा
“बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या समाधानका लागि साझा प्रयास” विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठि सम्पन्न (शुक्रबार, १५ चैत्र २०८१)
.................................................................................................................
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) र बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयको साझेदारीमा बागमती प्रदेश सरकार, बामगती प्रोस्कून, बागमती प्रदेशका १३ वटै जिल्ला बचत तथा ऋण सहकारी संघहरु र प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीतामा “बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या समाधानका लागि साझा प्रयास” विषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुले आफ्ना सदस्य सहकारी संस्थाहरुको समस्या समाधानका लागि खेलिरहेको भूमिकाको जानकारी प्रदान गर्दै भविष्यमा वित्तीय सहकारी संस्थाहरुलाई जवाफदेही र जिम्मेवार बनाउन नविनतम विषयवस्तुहरुको अभ्यास गराउदै सुरक्षित साकोस अभियान बनाउने उद्देश्यले आयाजित उक्त कार्यक्रम बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा एवम् सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री मधु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा नयाँ बानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।
आयोजक बागमती प्रोस्कून र बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधी एवम् १३ वटै जिल्ला बचत संघ र ७४ वटा बागमती प्रोस्कूनको सञ्जालमा आवद्ध प्रारम्भिक सहकारी संस्थाहरुको प्रतिनिधी समेत कूल १२६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले बागमती प्रदेश भित्रका सहकारीका समस्या र ती समस्या समाधानमा मन्त्रालयले खेलिरहेको भूमिकाको बारेमा चर्चा गर्नु हुदै सबै सहकारी संस्थाहरु खराब नभएको तर केही खराब सहकारी संस्थाको कारण आम मानिसहरुमा सहकारी प्रति हेर्ने दृष्टीकोणमा नै नकारात्मकता पैदा गराएको विषयले आफुलाई चिन्ता बढाएको कुरा व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथी श्रेष्ठले सहकारी संस्थाहरु मार्फत गरिबी निवारणमा पुर्याएको योगदानका चर्चा गर्नु हुँदै आगामी दिनमा सन्देशमुलक भिडियो सामाग्रीहरुको उत्पादन गरी व्यापक प्रचारप्रसारको माध्यमबाट राम्रा सहकारीका कृयाकलापहरुलाई उजागर गर्न तथा सहकारी प्रतिको नकारात्मकता हटाउन मन्त्रालय र आफु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु हुदै बागमती प्रदेश भित्र उपत्यकामा सबैभन्दा बढी सहकारीमा समस्या आएको र सबै जिल्लाबाट प्रदेश मुकामबाट सहज ढंगबाट सेवा लिन कठिनाई भईरहेको व्यापक गुनासो आएकोले आफ्नो कार्यकालमा काठमाडौमा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गर्ने उद्घोष गनुै भएको थियो ।
३ वटा विषयवस्तुमा छलफल गरिएको उक्त कार्यक्रममा “Fit and Proper Test आवश्यकता, औचित्य र अभ्यास” विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले, “वित्तीय सहकारीका समस्या समाधानमा सहकारी संस्थाहरुको वर्गीकरणको आवश्यकता, औचित्य र महत्व” विषयमा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले र “बचत तथा ऋण सहकारीमा देखिएका समस्या र समाधानमा संघहरुको पहल” विषयमा १३ वटै जिल्लाका जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रमुख कार्यकारी अधिकृत व्यवस्थापक एवम् प्रतिनिधीहरुले जिल्लागत अवस्था प्रस्तुत गोलमेच छलफल मार्फत गर्नु भएको थियो ।
वित्तीय सहकारी संस्थाको सञ्चालक हुन न्यूनतम मापदण्ड कायम गरेर कानुन निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुका वित्तीय सहकारी अभियानमा सुशासन कायम गर्न यो अभ्यासलाई आत्मसाथ गर्न संघहरुले भूमिका निर्वाह गर्न तथा सबै सहकारीलाई एउटै आँखाबाट हेरेर राम्रो काम गर्ने सहकारीलाई कुदृष्टीबाट हेर्ने वर्तमान अवस्थाबाट अभियान सुरक्षित राख्नका लागि बचत तथा ऋण सहकारी सञ्जालमा आवद्ध सहकारी संस्थाहरुलाई निर्दिष्ट मानकहरुको आधारमा वर्गिकरण गरी स्तर सुधारमा संघहरुको भूमिका बढाउन सहकारीको वर्गिकरण गर्ने उद्देश्यले उल्लेखित कार्यपत्र समावेश गरिएको थियो ।
बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्री रुद्रप्रसाद लामिछाने विशिष्ट अतिथी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.
पहिलो विषयवस्तुमा सत्राध्यक्षता बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले गर्नु भएको थियो भने सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव श्री रुद्रप्रसाद लामिछानेले टिप्पणी गर्नु भएको थियो । त्यसै गरी दोश्रो सत्रको अध्यक्षता बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्काले गर्नु भएको थियो भने तेश्रो सत्रको अध्यक्षता महिला उपाध्यक्ष कल्पना श्रेष्ठले गर्नु भएको थियो भने काठमाडौ जिल्ला बचत संघका अध्यक्ष दिपक पनेरु र ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाँईले टिप्पणी गर्नु भएको थियो ।
(नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठ, पूर्व अध्यक्ष खिलनाथ दाहाल, कोषाध्यक्ष माधव खड्का अतिथी रहनु भएको थियो । संघको सचिव ठाकुरप्रसाद बाँस्कोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संघका महासचिव गोविन्दप्रसाद काफ्लेले गर्नु भएको थियो ।


Other News

Affiliations