![]()
२०८२ बैशाख १८ गते बिहीबार ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कूनं) को वित्तीय शिक्षाका लागि पूर्ण दक्ष प्रशिक्षक तयार गर्ने उद्धेश्य अनुरुप तयार गरेको वित्तीय शिक्षाको ३ मोड्युल मध्येको यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम धुलिखेल स्थित होटल हिमालयन भ्यूमा सम्पन्न भएको छ ।
संघमा आवद्ध सदस्य संघ÷संस्थाको सञ्चालन सक्षमता विकासका लागि निरन्तर सक्रिय रहँदै आएको संघले आफ्नै पाठ्यक्रम विकास गरी वित्तीय साक्षरता सम्बन्धि तीन वटा मोड्यूलहरुको प्रशिक्षक प्रशिक्षण प्रदान गरी ‘पूर्ण दक्ष वित्तीय साक्षरता प्रशिक्षक’ तयार गर्ने उद्धेश्यले प्रशिक्षण तालिम आयोजना गरिएको थियो । सहकारीमा आवद्ध यूवा सदस्यहरुलाई उनीहरुको रुची, क्षमता र आवश्यकताको आधारमा रोजगारी प्राप्त गर्न वा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्धेश्यले विकास गरिएको “यूवाको लागि वित्तीय साक्षरता–प्रशिक्षक प्रशिक्षण” तालिममा ७ वटा जिल्लाका २६ वटा संघसंस्थावाट २९ जनाको सहभागिता रहेको थियो । प्रारम्भिक संस्थामा नै वित्तीय शिक्षाको दक्ष प्रशिक्षक तयार गरी आफ्ना सदस्यहरुलाई वित्तीय शिक्षा मार्फत सहकारी तर्फ आकर्षित गर्ने, अनुसाशित वित्तीय आचरणको विकास गराउने तथा सम्बृद्ध भविष्य निर्माणमा सहकार्य गराउने उद्धेश्यका साथ वित्तीय शिक्षाको मोड्युल विकास गरिएको हो । संघले सदस्य परामर्शलाई वित्तीय शिक्षासंग जोड्ने गरी संस्था सञ्चालनमा जोड दिने नीति अवलम्बन गरेको छ ।
उक्त तालिम कार्यक्रमको समापन समारोहमा संघका अध्यक्ष उद्धव सापकोटाले प्रमाणपत्र वितरण गर्दै ३ दिनसम्म सिकेका सम्पूर्ण ज्ञान सीप संस्थामा र समुदायमा यूवाको लागि वित्तीय शिक्षा केन्द्रित रही लागू गर्न आग्रह गरे । त्यसैगरी तालिममा सिकेकका कुरालाई निरन्तर अभ्यास गर्नुपर्ने उनको भनाई छ । संघकका महासचिव गोविन्दप्रसाद काफ्लेले यूवा र वित्तसँग सम्वन्धित सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने गरी संस्था संचालन गर्नुपर्ने वित्तीय ज्ञान दिनका लागि लक्ष्य र योजना सहित अघि बढ्न सुझाव प्रदान दिए । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालको मुख्य प्रशिक्षण रहेको उक्त तालिममा कार्यक्रम अधिकृत द्धय नवराज घोरसाइने र विमला पुडासैनीले सहजीकरण गरेका थिए ।