News

नागरिकको बचत सुरक्षामा पालिका संघ सहकार्य

  • नवराज घारेसाईने
  • Dec 17, 2024 (1 year ago)
नागरिकको बचत सुरक्षामा पालिका संघ सहकार्य

बागमती प्रोस्कूनको स्तरिकरण कार्यक्रम मार्फत सहकारी सवलीकरण र प्रवद्र्धनमा ललितपुर महानगरले चासो राखेको छ । महानगरको सभाहलमा ललितपुर महानगरपालिका, उद्योग तथा सहकारी महाशाखाको सहयोगमा बागमती प्रोस्कून र बागमती प्रदेश सहकारी महाशाखाको संयुक्त स्वामित्वको रुपमा विकास भएको स्तरिकरण कार्यक्रम कोसिसको अभिमूखिकरण कार्यक्रम २०८१ पौष १ गते सोमबार सम्पन्न भएको छ । ललितपुर महानगरका १५ वटा साकोसबाट ३२ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता तथा महाशाखाका प्रमुख सहजित राईको प्रमुख आतिथ्यता रहेको थियो । संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दहालले कोसिस कार्यक्रम, यसका सूचकहरु, सबलता तथा उत्कृष्टता, कार्यक्रम मार्फत सदस्य संघसंस्थाको वृत्तिविकासमा खेल्ने भूमिका तथा सञ्चालन प्रक्रिया र संघसंस्थामा परेका प्रभावका विषयमा सहजिकरण गर्नुभयो ।
संघका कार्यक्रम अधिकृत विमला पुडासैनीले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी महानगरका उद्योग तथा सहकारी महाशाखाका निर्देशक राईले चालू आ.व. भित्रमा महानगर भित्रका कम्तिमा २० वटा संस्थालाई पालिकाको प्रत्यक्ष सहयोगमा स्तरिकरकण कार्यक्रममा सहभागी गराउने, सो संस्थाका सञ्चालक तथा कर्मचरीको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने तथा सदस्यमैत्री कार्यक्रमहरु सञ्चालनमा प्रविधिक तथा आर्थिक सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Other News

Affiliations