News

बागमती प्रोस्कूनको प्राविधिक सहयोग तथा महिला मातृशिशु साकोसको आयोजनामा कोशिस कार्यक्रम पहिलो समूहको We Can Workshop सम्पन्न

  • विमला पुडासैनी
  • Sep 08, 2025 (1 year ago)
बागमती प्रोस्कूनको प्राविधिक सहयोग तथा महिला मातृशिशु साकोसको आयोजनामा कोशिस कार्यक्रम पहिलो समूहको We Can Workshop सम्पन्न

बागमती प्रदेश सरकारसंगको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध साकोसहरुको पहिलो समूहको दशौ सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला (Tenth Worth And Effective Cooperation And Novelty Management Workshop) आयोजक संस्थाका अध्यक्ष  देवी तिमल्सिनाको अध्यक्षता तथा सुनकोशी गाँउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता, बागमती प्रोस्कूनका पूर्व सञ्चालक चक्र बहादुर बस्नेतको विशेष आतिथ्यता, बागमती प्रोस्कूनका निवर्तमान संचालक कृष्ण प्रसाद सुवेदीको आतिथ्यतामा साथै पहिलो समूहमा आवद्ध सहकारीका प्रतिनिधिहरुको उपस्थिती र प्रस्तुतिमा आत्मानिर्भर साकोसको सभाहलमा  मिति २०८२ भाद्र महिनाको २१ गते शनिवारका दिन सम्पन्न भएको छ । कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको थप क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक  We Can Workshop   मा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (Documentation and Reporting) सँग सम्वन्धित भई कार्यालयमा रहने अभिलेख एवं प्रतिवेदनहरु र सोको व्यवस्थापन विषयक अनुशिक्षण गर्नुभयो ।

सुनकोशी गाँउपालिकाका अध्यक्ष प्रमुख अतिथीे कोशिस कार्यक्रमले ल्याएको सुधारका विषयमा चर्चा गर्दै कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी अर्का अतिथी चक्र बहादुर बस्नेतले सहकारीको योगदान र सहकारीले गराएको पहिचानका कारण आज समाज सेवामा लाग्न प्रेरणा जागेको प्रसंग जोड्दै सहकारीले लिएको लक्ष्य पूरा गर्न व्यवस्थापन प्रतिवद्ध रहन सुझाव दिनुभयो, गरिरहेको भन्दा फरक किसिमले काम गर्न सके पहिचान फरक रहने साथै सिकाई निरन्तर र कहिल्यै समापन नहुने तत्व रहको कारण आफू पनि सहकारी सिक्न सधै तयार कुरा राख्नुभयो । त्यसैगरी बागमती प्रोस्कूनका निवर्तमान सञ्चालक कृष्ण प्रसाद सुवेदीले कोशिस कार्यक्रमले ल्याएको परिवर्तन र यसको सन्देशलाई सवै साकोसमा पुग्ने गरी कार्य गर्नुपर्ने विषय जोड्नुभयो । 

कोशिस पहिलो समूहका साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा कार्यक्रम अधिकृत विमला पुडासैनीद्धारा सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो । 

उक्त समूहको आगामी दशौं कार्यशाला गोष्ठि स्पष्ट साकोस, चावहिल काठमाडौंको  आयोजनामा मिति २०८२ मंसिर २७ गते शनिवारका दिन आयोजना गर्ने निर्णय भएको छ । आयोजक संस्थाले गरेको व्यवस्थापन र आयोजना प्रति सम्पूर्ण साकोस र बागमती प्रोस्कून हार्दिक आभार प्रकट गर्दछ ।

 

Other News

Affiliations