News

बागमती प्रोस्कूनको आयोजनामा बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

  • Bishal Timalsina
  • Jun 11, 2026 (1 month ago)
बागमती प्रोस्कूनको आयोजनामा बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून )को आयोजनामा बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध संस्थाहरु लक्षित मिति २०८३ ज्येष्ठ २२ देखि २६ गते सम्म सञ्चालित वार्षिक योजना तथा बजेट निर्माण तालिम अभौतिक रुपमा (जुम मार्फत ) सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटा को अध्यक्षता रहेकोे तालिम कार्यक्रमको सहजीकरण बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले गर्नभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका व्यवसाय तथा अन्तरशाखा समन्वय विभाग प्रमुख श्री सुदर्शन दाहालले गर्नुभएको थियो । कार्यक्रममा १६ वटा सहकारी संस्थाहरुवाट ५० जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाज्यूले सहभागी सम्पूर्णलाई सिकेका कुरा व्यवहारत उर्तान र आगामी वर्षको लागि आषाढमा नै वार्षिक योजना र बजेट तयार गरी सञ्चालकवाट निर्णय गराई श्रावण १ गतेवाट लागू गर्ने हिसाबले काम गर्नहुन अनुरोधका साथ सफलताको शुभकामना व्यक्त गर्दै समापन भएको छ ।

Other News

Affiliations