News

बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

  • Bishal Timalsina
  • Jun 10, 2026 (1 month ago)
बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि, (बागमती प्रोस्कून )को आयोजनामा बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध संस्थाहरु लक्षित २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम ट्रिनिटी होटेल, खुमलटार लतिलपुरको सहभाहलमा सम्पन्न भएको छ ।
संस्था सञ्चालनमा योजना विहिन कार्यक्रम र क्रियाकलाप हुने गर्दा संस्थाले लिएको लक्ष्य र उद्देश्य प्राप्त हुन नसक्ने र सही गन्तव्यमा संस्था पुग्न नसक्ने विषयलाई मध्यनजर गरी आ.व २०८३/०८४को नीति तथा कार्यक्रम तयार गर्ने पूर्वसन्ध्यामा यो तालिम कार्यक्रम आयोजना गरिएको हो । तालिम कार्यक्रमको शुभारम्भ बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाद्धारा व्यानर बाचन गरी भएको थियो भने बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत श्री केशबप्रसाद दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।
जेष्ठ २५ र २६ गते दुईदिनसम्म सञ्चालन गरिएको तालिम कार्यक्रममा १४ वटा सहकारी संस्थाहरुवाट २७ जनाको सक्रिय सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सहजीकरण बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालको प्रमुख प्रशिक्षण र तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीको सहजीकरणमा भएको थियो । योजनाको आवश्यकता र महत्व साथै योजनाका अंगहरुमा आधारित भई सैद्धान्तिक र व्यवहारिक अभ्यासका साथ तालिम सञ्चालन भएको थियो ।
कार्यक्रमको अन्तिम दिन अर्थात जेष्ठ २६ गते बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाज्यूले सहभागी सम्पूर्णलाई प्रमाणपत्र वितरण गरी सिकेका कुरा व्यवहारत उर्तान र आगामी वर्षको लागि आषाढमा नै वार्षिक योजना र बजेट तयार गरी सञ्चालकवाट निर्णय गराई श्रावण १ गतेवाट लागू गर्ने हिसाबले काम गर्नहुन अनुरोधका साथ सफलताको शुभकामना व्यक्त गर्दै समापन भएको छ ।

Other News

Affiliations