News

एकै दिन नौ वटा सहकारी संस्था कोशिसमा आवद्ध

  • Bishal Timalsina
  • Mar 20, 2026 (5 months ago)
एकै दिन नौ वटा सहकारी संस्था कोशिसमा आवद्ध

रामेछाप नगरपालिकाको सहकारी सुधार सहयोग कार्यक्रम अन्रतरगत पालिकाको वित्तीय सहयोग र सहकारी संस्थाको न्यून लगानीमा ९ वटा संस्थाले बागमती प्रोस्कून ले विकास गरेको कोसिस कार्यक्रममा सम्झौता गरेका छन । रामेछाप नगरपालिकाकाे सभाहलमा आयोजित एक कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चौलागाई, बागमती प्रोस्कून को तर्फबाट व्यवसाय तथा अन्तर शाखा समन्वय विभाग प्रमुख शुदर्शन दाहाल र सहकारी संस्थाका प्रतिनिधि बिच त्रीपक्षिय सम्झौतामा हस्ताक्षर गर्नु भएको थियोे भने कार्यक्रम सहकारी शाखा प्रमुख हरि श्रेष्ठले समयोजन गर्नु भएको थियो । कार्यक्रममा प्रोस्कूनका कार्यक्रम अधिकृत किशोर पौडेलको पनि उपस्थित रहेको थियोे ।

Other News

Affiliations