रामेछाप जिल्लाका ३५ भन्दा बढी सहकारी संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रमको अध्यक्षता रामेछाप जिल्ला बचत संघका अध्यक्ष एवम् बागमती प्रोस्कूनको सञ्चालक श्री जगन्नाथ दाहालले गर्नु भएको थियो भने विषयवस्तुको प्रस्तुती बागमती प्रोस्कून तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले गर्नु भएको थियो ।
Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ मुलकका सात करोडभन्दा बढी बालबालिका र युवाहरू लाभान्वित भएको OECD ले जनाएको छ । हरेकर्ष व मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विक मूलतः किशोर,किशोरी तथा युवा,युवतीमा वित्तीय शिक्षाको महत्व बारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यसै सन्दर्भ पारेर जिल्ला बचत संघ रामेछापले रामेछाप जिल्ला भरीका सहकारी संस्थाहरुलाई जानकारी गराउने उद्धेश्य स्वरुप आयोजना गरिएको GLOBAL MONEY WEEK २०२६ विशेष कार्यक्रम मा बागमती प्रोस्कूनले ZOOM प्लेटफर्म मार्फत वित्तीय साक्षरताका क्षेत्रहरुसँग सम्वन्धित भई किशोर किशोरीलाई बचत सम्वन्धी ज्ञान, बचत गर्ने तरिका, बचतको महत्व र शक्ति, त्यसैगरी यूवा यूवती लक्षित पैसा कमाउने बाटोहरु, आम्दानी योजना र खर्चको प्राथमिकरण, आर्थिक निर्णय र जिम्मेवार आर्थिक व्यवहार त्यसैगरी प्रविधि साक्षरताको विषयसँग सम्वन्धित भई साक्षर गराईएको थियो ।