News

कोशिस आठौं समूहको पहिलो WE CAN कार्यशाला सम्पन्न

  • Bishal Timalsina
  • Apr 27, 2026 (4 months ago)
कोशिस आठौं समूहको पहिलो WE CAN कार्यशाला सम्पन्न
बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आबद्ध संस्थाहरु आठौ समूहको 1st WE CAN कार्यशाला मिति २०८३ बैशाख १० गते बिहीवार रामेछाप नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र रामेछाप नगरपालिकाको साझेदारीमा समूहमा आवद्ध ९ वटा सहकारी सस्थाहरुको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको गर्नुभएको थियो । रामेछाप नगरपालिकाका नगर प्रमुख श्री लवश्री न्यौपानेको प्रमुख आतिथ्यता, रामेछाप नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्री भोला प्रसाद चापागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्काले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो । संघका सञ्चालक सदस्य श्री जगन्नाथ दाहालको उपस्थितीमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका व्यवसाय तथा अन्तरशाखा समन्वय विभागका प्रमुख सुर्दशन दाहालले अभिलेख व्यवस्थापन विषयमा अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी ९ वटै सहकारी संस्थाले आफ्नो सहकारी संस्थाको अवस्थाको विषयमा कोशिस कार्यक्रमको सूचकको आधारमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाहरुले गरेको प्रस्तुतीकरणमा विभागिय प्रमुख सुर्दशन दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका सहकारी शाखा प्रमुख श्री हरी भगत श्रेष्ठ र बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत किशोर पौडेल समेत जम्मा ४८ जनाको उपस्थिती रहेको थियो ।
कार्यशालाले आगामी दोश्रो कार्यशाला संघको आयोजनामा २०८३ श्रावण १७ गते आईतबार अयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो ।

Other News

Affiliations