Events

News

कोशिस आठौं समूहको दोश्रो WE CAN कार्यशाला सम्पन्न

  • Bishal Timalsina
  • Aug 03, 2026 (3 weeks ago)
  • Banepa -7
कोशिस आठौं समूहको दोश्रो WE CAN कार्यशाला सम्पन्न
बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आबद्ध संस्थाहरु आठौ समूहको दोश्रो WE CAN कार्यशाला मिति २०८३ श्रावण १७ गते आइतवार रामेछाप नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र रामेछाप नगरपालिकाको साझेदारीमा समूहमा आवद्ध ९ वटा सहकारी सस्थाहरुबाट ४० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा रामेछाप नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत श्री सुन्दर थापाको आतिथ्यता रहेको थियो भने रामेछाप नगरपालिकाका कृषी शाखा प्रमुख श्री अनिल रोकाय र रामेछाप नगरपालिकाका आ.ले.प. श्री दिपक डुम्रेको सहभागीता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) का सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन रामेछाप नगरपालिका सहकारी शाखा प्रमुख हरिभगत श्रेष्ठले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले साधारण सभाको बैधानिकता विषयमा अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी ९ वटै सहकारी संस्थाले आफ्नो सहकारी संस्थाको अवस्थाको विषयमा कोशिस कार्यक्रमको सूचकको आधारमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाहरुले गरेको प्रस्तुतीकरणमा विभागिय प्रमुख सुर्दशन दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो ।
कार्यशालाले आगामी दोश्रो कार्यशाला संघको आयोजनामा २०८३ कार्तिक १४ गते शनिबार अयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो ।

Other News

Affiliations