बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को स्तरीकरण कार्यक्रम संगठनात्मक दिगोपन र संस्थागत सेवाहरुको लागि सहकारी स्व : नियमन कार्यक्रम (कोशिस) अन्तर्गतको अभिमुखीकरण कार्यक्रम बागमती प्रोस्कूनको आयोजनामा, कमलामाई नगरपालिका सिन्धुलीको सहकार्यमा मिति २०८३ बैशाख २१ गते सोमवार होटेल सिन्धुली इनको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) का सञ्चालक सदस्य श्री कृष्णहरी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख श्री मन्जु देबकोटाको प्रमुख आतिथ्यता, कमलामाई न.पा सहकारी शाखा प्रमुख श्री मुकेश तमाङको बिषेश आतिथ्यता तथा सिन्धुली जिल्ला बचत संघका अध्यक्ष मिथुला कुमारी घिमिरेको आतिथ्यता रहेको कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत श्री केशबप्रसाद दाहालले स्तरीकरण कार्यक्रमको अवधारणा, कोशिस कार्यक्रमका सुचकहरु, नेपालको बचत तथा ऋण अभियानमा स्तरीकरण कार्यक्रमले ल्याएको सकारात्मक परिवर्तन लगायतका विषयवस्तु समेटेर कोशिस अभिमुखीकरण कार्यक्रमको प्रस्तुती सहित सहजीकरण गर्नु भएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको सहयोगमा आयोजित उक्त कार्यक्रममा सिन्धुली जिल्लाका ३१ वटा सहकारी संस्थावाट अध्यक्ष, व्यवस्थापक र प्रतिनिधिहरु सहित ४६ जनाको उपस्थिती रहेको थियो । स्तरीकरण कार्यक्रमले पार्ने सकारात्मक प्रभावको महत्वलाई आत्मसाथ गर्दै सदस्य संस्थाहरुले सहभागिता जनाउने विषयमा चासो व्यक्त गर्नुभएको छ भने पालिकाले समेत सहकारीहरुलाई कार्यक्रममा सहभागिता जनाउन अनुरोध गर्दै सहयोग समेत गर्ने कुरा व्यक्त गर्नुभएको थियो ।