बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगर, आर्थिक व्यवस्थापन महाशाखाको साझेदारीमा बागमती प्रदेश सरकारसंगको सहकार्य रहेको बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिसमा ललितपुर महानगर आर्थिक व्यवस्थापन महाशाखा, बागमती प्रोस्कून र ललितपुर नियमन क्षेत्रभित्र रहेका प्रारम्भिक संस्थाहरुको त्रीपक्षीय सम्झौता बमोजिम कोशिस चौथो समूहको चौथो सार्थक एवम् प्रभावकारी सहयोग र नविनता
व्यवस्थापन कार्यशाला (Fourth Worth and Effective Cooperation And Novelty Management Workshop) आयोजक संघ बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काज्यूको अध्यक्षतामा चौथो समूहमा आवद्ध ६ वटामध्ये ५ वटा सहकारीका पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थितीमा, बागमती प्रोस्कूनको सेवा कार्यालय काठमाडौमा मिति २०८२ मंसिर २८ गते आइतवार सम्पन्न भएको छ ।
संघका कार्यक्रम अधिकृत विमला पुडासैनीले संचालन गर्नुभएको कार्यक्रममा संघका व्यवसाय अधिकृत सुदर्शन दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको अध्यक्षता गरिरहनुभएका खड्काले माघ १० गतेभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा संस्था दर्ता भई दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई पालना गर्ने, सहकारी संस्थाहरुले नै गरेको केहि गलत अभ्यासका कारण सहकारीलाई राज्यले फरक धारणावाट हेर्न पुग्यो जुन कारणले गर्दा आज स्वनियमनको अस्तित्व समापन भएको छ यस कुरालाई स्वीकार गर्नुको अलवा केही उपाय छैन यद्यपि सहकारीलाई परेको समस्याका विषयमा राज्यसँग बहस र पैरवी गर्ने कुरामा बागमती प्रोस्कून प्रतिवद्ध रहन्छ मात्र कोशिसले गरेको मार्गदर्शनलाई पालना गर्दै जान सुझाव प्रदान गर्नुभएको थियो ।
कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक WE CAN कार्यशालामा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनीले प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (Documentation and Reporting) सँग सम्वन्धित भई कार्यालयमा रहने अभिलेख एवं प्रतिवेदनहरु र सोको व्यवस्थापन विषयक अनुशिक्षण गर्नुभयो ।
दोस्रो चरणमा उपस्थित ५ वटै साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रगति प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा व्यवसाय अधिकृत सुदर्शन दाहाल, कार्यक्रम अधिकृत किशोर पौडेलले सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले कार्यक्रमको विषयमा थप प्रस्टता पार्दै सम्पूर्ण साकोस संचालक र व्यवस्थापन प्रतिवद्ध रहे संस्थाको स्तर उन्नती गर्न सकिने त्यसका लागि हाल अनिवार्य गरिएका नीति निर्देशिकाको मापदण्ड भित्र रहेर कानुनी परिपालनालाई ध्यान दिन सुझाव गर्नुभएको थियो । बागमती प्रोस्कूनले साकोसमा आवश्यक सम्पूर्ण किसिमका प्राविधिक समस्याहरुको समाधान गर्न तत्पर रहेको विषयमा समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन शाखा प्रमुख दयाराम खत्रीकाे समेत कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।
उक्त समूहको आगामी पाँचौ कार्यशाला गोष्ठि बागमती प्रोस्कूनको आयोजनामा मिति २०८२ फागुन २८ गते विहिवारका दिन आयोजना गर्ने निर्णय भएको छ ।