News

कोशिस चौथो समूहको 5th We Can Workshop सम्पन्न

  • Bishal Timalsina
  • Mar 13, 2026 (5 months ago)
कोशिस चौथो समूहको 5th We Can Workshop सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षतामा तथा ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको आतिथ्यतामा (कोशिस) कार्यक्रम अन्तर्गत चौथो समूहको 5th We Can Workshop मिति २०८२ फाल्गुण २८ गते विहिवार प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा सम्पन्न भएको छ ।
सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रबद्र्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा संघका सचिव श्री ठाकुर प्रसाद बास्कोटाले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई शब्दद्धारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले गर्नुभएको थियो ।
कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत साकोसमा आन्तरिक सुशासन (Good Governance In Cooperative ) विषयमा प्रशिक्षण गरिएको उक्त कार्यक्रममा उपस्थित चौथो समूहका ६ वटा साकोस मध्ये ५ वटाको प्रगति प्रस्तुतिकरण र प्रस्तुतिकरण उपर पृष्ठपोषण विभागिय प्रमुख पुडासैनीले गर्नुहुँदै आगामी ३ महिनामा पुरा गर्नुपर्ने क्रियाकलापहरुमा सामूहिक प्रतिवद्धता समेत गराउनुभएको थियो ।
उक्त समूहको आगामी छैटौं कार्यशाला २०८३ जेष्ठ २८ गते विहिवारका दिन बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यलय मिनभवनमा आयोजना गर्ने निर्णय सहित सम्पन्न भएको छ

Other News

Affiliations