News

कोशिस छैटौ समूहको 3rd WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Jun 29, 2026 (3 weeks ago)
कोशिस छैटौ समूहको 3rd WE CAN Workshop सम्पन्न

बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध ललितपुर महानगरपालिका भित्रका छैटौ समुहका सहकारी संस्थाहरुकोे 3rd WE CAN Workshop बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा मिति २०८३ आषाढ महिनाको १४ गते सम्पन्न भएको छ ।

बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता र ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा कोशिस छैटौ समूहका ८ सहकारीमध्ये ७ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थितीमा सञ्चालित कार्यशालमा आयोजक संस्थाको तर्फवाट उपस्थित सम्पूर्णलाई कार्यक्रमको औचित्यता र उपदेयतामाथि प्रकाश पार्दै बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नुभएको थियो ।

सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रवद्र्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत विभागिय प्रमुख पुडासैनीले प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (Reporting & documentation) विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा आवद्ध समूहका ७ वटा साकोसहरुका पछिल्लो तीन महिनाको प्रगति विवरण सहित कोशिसमा आवद्ध हुनुपूर्वको संस्थाको अवस्था र हाल सुधार भएका क्रियाकलापका विषय समेत समेटेर तयार गरेको प्रस्तुतिकरण र सो उपर पृष्ठपोषण कार्यक्रम अधिकृत पौडेलले गर्नुहुँदै आगामी ३ महिनामा पुरा गर्नुपर्ने क्रियाकलापहरुमा सामूहिक प्रतिवद्धता समेत गराउनुभएको थियो ।

उक्त समूहको आगामी चौथो कार्यशाला २०८३ आश्विन १६ गते बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यालय मिनभवनमा आयोजना गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

Other News

Affiliations