बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षतामा तथा ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको आतिथ्यतामा (कोशिस) कार्यक्रम अन्तर्गत छैटौं समूहको दोश्रो WE CAN कार्यशाला मिती २०८२ चैत्र १६ गते सोमबार बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा सम्पन्न भएको छ ।सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रबर्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशव प्रसाद दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो ।कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत "सहकारीमा संचालन जोखिम र व्यवस्थापन" विषयमा प्रशिक्षण गरिएको उक्त कार्यक्रममा उपस्थित छैटौं समूहका ८ वटा सहकारी संस्था मध्ये ६ वटाले संस्थागत प्रगतिहरुको प्रस्तुती गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन, सहजीकरण तथा प्रस्तुती उपर पृष्ठपोषण संघका कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नु भएको थियो ।उक्त कोशिस छैटौं समुहको आगामी तेश्रो कार्यशाला २०८३ अषार १४ गते आइतवारका दिन बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यलय मिनभवनमा आयोजना गर्ने निर्णय सहित कार्यशाला सम्पन्न भएको थियो ।