News

कोशिस कार्यक्रम पहिलो समूहको 11th WE CAN Workshop सम्पन्न

  • विमला पुडासैनी
  • Dec 15, 2025 (8 months ago)
कोशिस कार्यक्रम पहिलो समूहको 11th WE CAN Workshop  सम्पन्न
बागमती प्रदेश सरकारसंगको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध साकोसहरुको पहिलो समूहको एघारौं सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला (11th Worth And Effective Cooperation And Novelty Management Workshop)बागमती प्रोस्कूनको प्राविधिक सहयोग तथा स्पष्ट बचत तथा ऋण सहकारी संस्था लि. का.म.न.पा ७, चावहिलको आयोजनामा, आयोजक संस्थाका अध्यक्ष अर्जुन कुमार चौलागाईको अध्यक्षता, का.म.न.पा ७ का वडाअध्यक्ष विमल कुमार हाडा साथै बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको आतिथ्यतामा ए वान पार्टी प्यालेस चावहिलको सभाहलमा मिति २०८२ मंसिर २७ गते शनिवारका दिन सम्पन्न भएको छ ।
स्तरीकरण कार्यक्रम कोशिसमा जोडिएर सहकारी संस्थाहरुको स्तरबृद्धिमा अभ्यासरत पहिलो समूहको २ वर्ष समयावधि पूरा भएको र सोही विचमा संस्थाले गरेका उपलब्धिहरुको बारेमा कोशिस म्यानुअलको सुचकमा आधारित रहेर तयार गरिएको प्रस्तुतिलाई मूल छलफलको विषय बनाइएको थियो । प्राधिकरणको मापदण्ड अनुरुप प्राथमिक पूँजीकोषको तुलनामा संस्थाले कूल संकलन गर्ने पाउने बचत रकम, प्रति सदस्य स्वीकार गर्न सक्ने बचत सिमा त्यसैगरी प्रतिसदस्य ऋण लगानीको अधिकतम सिमा लगायत ऋण लगानी र असुली चक्रको दूई वर्षको तुलनात्मक प्रतिवेदन तयार गर्न लगाई सो विषयमा समेत छलफल गरिएको थियो । भाखा नाघेकाे ऋणकाे लागि जाेखिमकाेषकाे व्यवस्थालाइ प्राधिकरणकाे निर्देशन अनुरूप गरे नगरेकाे अवस्था परिक्षण गरि साेकाे पूर्ण व्यवस्था नगर्दा संस्थालाइ हुने हानी र कानुनी कारवाहीकाे विषयमा समेत संस्थाहरूलाइ जानकारी गराइएकाे थियाे। त्यसैगरी कोशिस कार्यक्रमको म्याअनुल अनुरुप अन्तिम परिक्षण गर्न योग्य संस्था भए भएनन् भनेर समेत कोशिसका ५३ वटा सूचक मध्येको १० वटा सूचक जुन अनिवार्य सूचक हो ती सूचकहरुमा आधातिर रही प्रत्येक संस्थालाई स्वमूल्यांकन प्रतिवेदन समेत तयार गर्न लगाई तयार भएको स्वमूल्यांकन परिणाम उपर प्राविधिक रुपमा बागमती प्रोस्कूनले पृष्ठपोषण प्रदान गरेको थियो ।
आयोजक संस्थाका उपाध्यक्ष तुलसीप्रसाद गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा काेषाध्यक्ष राजकुमार लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । बागमती प्रोस्कूनका महिला उपाध्यक्ष कल्पना श्रेषठ, सचिव ठाकुर प्रसाद बास्काेटा, पूर्व सञ्चालक कृष्ण प्रसाद सुवेदी, प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल समेतको उपस्थिती रहेको उक्त कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृतले संस्थाहरुको प्रगति विवरणको तुलनात्मक प्रतिवेदन उपर सुझाव प्रदान गर्दै थप मेहनत र प्रतिवद्धता रहेमा कोशिसको बाण्ड प्राप्त गर्न गाह्रो नहुने सुझाव प्रदान गर्नुभएको थियो भने प्रस्तुतिका विषयमा संस्थाका व्यवस्थापक र अध्यक्ष लगायत पदाधिकारीहरुलाई थप मेहनतको लागि आग्रह समेत गर्दै दिशानिर्देश गर्नुभएको थियो । १० वटा संस्थाहरुको पालै पालो गरेको प्रस्तुतिकरण उपर स्वमूल्यांकनको अंक मापनका विषयमा थप प्रस्ट पार्दै तुलनात्मक समिक्षा समेत गरिएको थियो ।
का.म.न.पा ७ का वडा अध्यक्ष हाेडाले संस्थाहरुलाई सुशासनमा चलाउन यस किसिमको कार्यक्रमको प्रभावकारीता सवैतिर पु¥याउनुपर्ने साकोसहरुमा सुशासन कायम गर्न गराउन सके सहकारी प्रतिको विश्वास फर्काउन सकिने विचार राख्दै सुभकामना दिनुभएको थियो भने बागमती प्रोस्कूनका अध्यक्षले राज्यले ल्याएको कानुनलाई नजर अन्दाज गरेर जान नसकिने केही कानुनसँग बाझिएका विषयमा सरकारसँग बहस पैरवी गर्न बागमती प्रोस्कून सदैव तयार रहेको, साकोसहरुको हर समस्या समाधान गर्न तयार रहेको जिकिर गर्दै त्यसका लागि कोशिस कार्यक्रमले दिएको सुझावको पालना र कार्यन्वयनमा संस्थाहरु प्रतिवद्ध रहन आग्रह गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी महिला उपाध्यक्ष कल्पना श्रेष्ठले साकोसहरुको प्रस्तुतिकरण प्रश्चात संचालक समिति अभिभावक मात्र नभएर व्यवस्थापनलाई प्रत्यक्ष दिशानिर्देश गर्ने समूह समेत भएकाले व्यवस्थापनको काम कारवाही प्रति प्रत्यक्ष निगरानी राख्नुपर्ने सुझाव दिनुभएको थियो ।
कोशिस पहिलो समूहका साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा व्यवसाय अधिकृत सुदर्शन दाहाल, कार्यक्रम अधिकृत द्धय विमला पुडासैनी र किशोर पौडेलद्धारा सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो ।
उक्त समूहको आगामी बाह्रौ कार्यशाला गोष्ठि आत्मनिर्भर साकोस, सुनकोशी ६, सिन्धुपाल्चोकको आयोजनामा मिति २०८२ फागुन २३ गते शनिवारका दिन आयोजना गर्ने निर्णय भएको छ । आयोजक संस्थाले गरेको व्यवस्थापन र आयोजना प्रति सम्पूर्ण साकोस र बागमती प्रोस्कून हार्दिक आभार प्रकट गर्दछ ।

Other News

Affiliations