News

कोशिस Manual Discussion कार्यक्रम सम्पन्न

  • विमला पुडासैनी
  • Jan 07, 2026 (8 months ago)
कोशिस Manual Discussion  कार्यक्रम सम्पन्न
बामगती प्रोस्कूनकले विकास गरी बामगती प्रदेश सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट २०७८ चैत्र २० गते स्वीकृती प्रदान गरेको सहकारी स्तरीकरण कार्यक्रम “संगठनात्मक दिगोपन र संस्थागत सेवाहरुको लागि सहकारी स्वःनियमन कार्यक्रम”कोशिस -Cooperative Self regulation program for organizational Sustainability and Institutionalized Service (COSIS) को Manual Discussion कार्यक्रम पल्पसा प्याराडाइज होम हेटौडा मकवानपुरमा मिति २०८२ पौष २१ गते साेमवार सम्पन्न भएको छ ।
कोशिस कार्यक्रमको सूचकहरुलाई वर्तमान सहकारी ऐनमा आएको परिवर्तन, सहकारी नियमन प्राधिकरणको निर्देशन तथा मापदण्ड एवम् मन्त्रालयको निर्देशनलाई कार्यन्वयन तहमा लैजानका लागि समयानुकुल परिवर्तन, परिमार्जन एवम् व्यवस्था थप गरि अध्यावधिक गर्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्रालयको तर्फबाट सचिव खुविराम अधिकारी, रजिष्टार प्रदिपराज पौडेल , सहकारी महाशाखा प्रमुख उमेश कुमार दाहाल एवम् मन्त्रालयका सहकारी सम्बद्ध कर्मचारीहरु, त्यसैगरी बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव गोविन्द प्रसाद काफ्ले, प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहाल, व्यवसाय विभाग प्रमुख सुदर्शन दाहाल, तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनी र कार्यक्रम अधिकृत किशोर पौडेलको सहभागिता रहेको थियो ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत दाहालले कोशिसका परिमार्जित ५८ वटा सूचकमा रहेका व्यवस्थाहरुका विषयमा प्रस्तुतिकरण गर्नुभएको उक्त कार्यक्रममा सचिव, रजिष्टार र मन्त्रालयका तर्फवाट सूचकका विषयमा जिज्ञासा सहित सूचकमा थप गर्नुपर्ने व्यवस्थाका विषयमा राय र सुझाव समेत प्रदान गर्नुभएको थियो । अहिलेको परिपेक्षमा यस्ता स्तरीकरणको महत्व झन प्रभावशाली रहने कुरा राख्दै बागमती प्रदेश अन्तर्गतका सहकारीहरुलाई यस कार्यक्रममा सहभागिता जनाउन पर्ने विषयमा मन्त्रालयको चासो बढेको, प्रदेश सरकारको सकरात्मक धारणा रहेको कुरा प्रमुख अतिथी अधिकारीले राख्नुभयो भने अध्यक्ष सापकोटाले बागमती प्रोस्कून आफ्ना सदस्य सहकारीहरुको हर गतिविधिमा प्रत्यक्ष सरोकार राख्दछ त्यसका लागि सरकारको समेत सहयोग हुनुपर्ने विचार राख्दै सूचकमा बृहत छलफल गरी कार्यक्रम समापन गरिएकोे थियो ।

Other News

Affiliations