बागमती प्रोस्कूनको आयोजना र ईन्द्रसरोवर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको साझेदारीमा बागमती प्रोस्कूनका संचालक सदस्य श्री हेम बहादुर कार्कीको अध्यक्षतामा तथा ईन्द्रसरोवर गाउँकार्यपालिकाका अध्यक्ष श्री देवकृष्ण शर्मा पुडासैनी को प्रमुख आतिथ्यतामा (कोशिस) कार्यक्रम अन्तर्गतको नवौं समुहको पहिलो WE CAN कार्यशाला मिती २०८३ बैशाख १० गते बिहिबार ईन्द्रसरोवर गाउँपालिका, गाउँकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रबर्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप नियमित अनुशिक्षणको अभ्यास अन्तर्गत "सहकारीमा प्रतिबेदन तथा अभिलेखिकरण "(Reporting & Documentation in Cooperative) विषयमा प्रशिक्षण गरिएको उक्त कार्यक्रममा उपस्थित नवौं समूहका ११ वटा सहकारी संस्था मध्ये १० वटाले संस्थागत प्रगतिहरुको लिखित तथा मौखिक प्रस्तुती गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन, सहजीकरण तथा प्रस्तुती उपर पृष्ठपोषण संघका तालिम अनुसन्धान तथा बिकास बिभाग प्रमुख श्री विमला पुडासैनीले गर्नु भएको थियो ।
कार्यक्रमको समापन सत्रमा ईन्द्रसरोबर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाले शुभकामना तथा समापन मन्तव्य राख्दै जुनसुकै प्रकृतिका सहकारी भएपनि सहकारीहरुको मर्म, भावना र कर्म एउटै हो, तर पछिल्लो अबस्थामा देशैभरी सहकारीमा समस्या आयपछी यस पालिका भित्र रहेका सहकारीमा भने समस्या नआओस् , सहकारीको असल अभ्यास सिकाईको सुरुवात भइ सस्थाहरुको सुदृढीकरण हुनेछ भन्ने बिश्वासका साथ पालिकाले सहयोग गरेको त्यसैले प्रोस्कूनको कोशिस मार्गनिर्देशनको पुर्ण पालाना गर्न सुझाव गर्नु भएको थियो ।
उक्त कोशिस नवौं समुहको आगामी दोस्रो कार्यशाला २०८३ श्रावन २१ गते बिहिवारका दिन बागमती प्रोस्कूनको आयोजनामा गर्ने निर्णय सहित कार्यशाला सम्पन्न भएको थियो ।