News

कोशिस पाँचौ समूहको 1st We Can Workshop सम्पन्न

  • विमला पुडासैनी
  • Dec 29, 2025 (8 months ago)
कोशिस पाँचौ समूहको 1st We Can Workshop   सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगर, आर्थिक व्यवस्थापन महाशाखाको साझेदारीमा बागमती प्रदेश सरकारसंगको सहकार्य रहेको बागमती प्रोस्कूनको स्तरीकरण कार्यक्रम कोशिस(COSIS)मा ललितपुर महानगर आर्थिक विकास महाशाखा, बागमती प्रोस्कून र ललितपुर नियमन क्षेत्रभित्र रहेका प्रारम्भिक संस्थाहरुको त्रीपक्षीय सम्झौता बमोजिम कोशिस पाँचौ समूहको पहिलो सार्थक एवम् प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला (First Worth and Effective Cooperation And Novelty Management Workshop) आयोजक संघ बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता, सहकारी व्यवस्थापन शाखा प्रमुख दयाराम खत्रीको आतिथ्यतामा कोशिस पाँचौ समूहमा आवद्ध ७ वटा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थितीमा, बागमती प्रोस्कूनको सेवा कार्यालय काठमाडौमा मिति २०८२ पौष १३ गते आइतवार सम्पन्न भएको छ ।
संघका कार्यक्रम अधिकृत विमला पुडासैनीले संचालन गर्नुभएको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको समापनमा अध्यक्षता गरिरहनुभएका सापकोटाले कोशिस कार्यक्रमले दिएको सूचक र मापदण्डमा बसेर कार्य गर्न सके हामी अरु साकोसभन्दा फरक पहिचान कायम गर्न सक्छौ त्यसका लागि सहभागी संस्थाहरुको थोरै मेहनत र प्रतिवद्धताको आवश्यकता रहेको विषय उठान गर्दै साकोसहरुलाई कोशिसको म्यानुअल भित्र रही प्राविधिक रुपमा प्राप्त सुझावहरुलाई मनन गर्दै अघि बढ्न सुझाउ गर्नुभयो साथै महानगरको सहयोगले गर्दा यहाँहरु यो स्तरीकरण कार्यक्रममा जोडिनुभएको छ , महानगरलाई यहाँहरुले धन्यवाद दिएको त्यतिवेदा सार्थक रहन्छ जब यहाँहरुको सकारात्मक पहलवाट साकोसमा परिवर्तन देखिन्छ भन्दै कार्यक्रममा यथेष्ट छलफल गरी अगाडी बढ्न निर्देश प्रदान गर्नुभयो । त्यसैगरी माघ १० गतेभित्र प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्ने कार्य सम्पन्न गर्न अनुरोध गर्दै प्राविधिक रुपमा परेको असहजतालाई बागमती प्रोस्कूनले सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
नियमित तालिका अनुरुप कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप हरेक We Can Workshop मा समसामयिक विषयमा अनुशिक्षण गर्ने कार्यतालिका अनुरुप कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत दाहालले सहकारी ऐन, २०७४ मा भएको संशोधन सहितको कानुनी व्यवस्था, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरे नियामकीय मापदण्ड २०८२ र बचत तथा ऋण सहकारी संस्थाको आगामी मार्ग चित्र विषयक प्रस्तुति सहितको अनुशिक्षण गर्नुभएको थियो । परिवर्तित कानुनका व्यवस्था र साकोसले पालना गर्नुपर्ने नीति नियम र साकोसको आगामी दिशानिर्देशका विषयमा केन्द्रित रही गरिएको अनुशिक्षणमा साकोसका प्रतिनिधिहरुवाट आएको जिज्ञासामा व्यापक छलफल गरिएको थियो ।
दोस्रो चरणमा उपस्थित ७ वटै साकोसहरुले कोशिस कार्यक्रमको सूचकमा आधारित भई संस्थाको अवस्था सहितको चिनारी प्रस्तुति राख्नुभएको उक्त कार्यक्रममा व्यवसाय अधिकृत सुदर्शन दाहाल, कार्यक्रम अधिकृत किशोर पौडेलले सहभागिहरुको प्रस्तुति र प्रगतिको विषयमा सुझाव र पृष्ठपोषण प्रदान गरी सामूहिक प्रतिवद्धता समेत गराउनुभयो ।
उक्त समूहको आगामी दोस्रो कार्यशाला गोष्ठि बागमती प्रोस्कूनको आयोजनामा मिति २०८२ चैत्र १५ गते आइतवारका दिन आयोजना गर्ने निर्णय भएको छ ।

Other News

Affiliations