News

कोशिस पाँचौं समूहको दोश्रो WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Mar 31, 2026 (5 months ago)
कोशिस पाँचौं समूहको दोश्रो WE CAN Workshop सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम (कोशिस) अन्तर्गत पाँचौं समूहको दोश्रो WE CAN Workshop मिति २०८२ चैत्र १५ गते आइतवार बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष श्री जिबसराज खड्काको अध्यक्षतामा तथा ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत श्री केशव प्रसाद दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई शब्दद्धारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नु भएको थियो ।
कोशिस कार्यक्रममा आवद्ध साकोसहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्य स्वरुप नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत “सहकारीमा संचालन जोखिम र व्यवस्थापन“ विषयमा प्रशिक्षण गरिएको उक्त कार्यक्रममा उपस्थित पाँचौं समूहका ७ वटा साकोस मध्ये ६ वटाले अघिल्ला तीन महिनामा भएका प्रगतिहरुको प्रस्तुती गर्नु भएको थियो भने उक्त कार्यक्रमको सहजीकण तथा प्रस्तुती उपर पृष्ठपोषण सघका कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नु भएको थियो ।
उक्त समूहको आगामी तेश्रो WE CAN कार्यशाला २०८३ अषार १५ गते सोमवारका दिन बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यलय मिनभवनमा आयोजना गर्ने निर्णय सहित कार्यशाला सम्पन्न भएको छ ।

Other News

Affiliations