बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध पहिलो समूहका संस्थाहरुको 12th WE CAN कार्यशाला सुनकोशी गाउपालिका ६, पाटीडाँडा, सिन्धुपाल्चोकमा मिति २०८२ चैत्र ७ गते शनिवार सम्पन्न भएको छ ।आत्मनिर्भर साकोसको आयोजना र बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता आत्मनिर्भर साकोस सिन्धुपाल्चोकका अध्यक्ष श्री मिम बहादुर योञ्जनले गर्नु भएको थियो भने बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्काको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रोस्कूनका पूर्व सञ्चालक एवम् सुनकोशी गाउपालिका वडा नं ६ का वडा अध्यक्ष श्री चक्र बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको कार्यशालामा आयोजक संस्थाका उपाध्यक्ष मधुराम कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममको सञ्चालन आत्मनिर्भर साकोसका प्रवन्धक विचारी प्रसाद प्याकुरेलले गर्नुभएको थियो ।कार्यक्रममा सहभागी १० वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएकोे थियो । सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले GLOBLE MONEY WEEK २०२६ को अवसर पारेर Smart Money Talks भन्ने नाराका साथ साताव्यापी रुपमा मनाउदै गरेको सन्दर्भ पारेर सहकारी संस्थाहरुले पैसा सम्वन्धी वा वित्त परिचालन सम्वन्धि साक्षरताका विषयमा वहस, छलफल, जानकारी एवम् विविध कार्यक्रम मार्फत वित्तीय साक्षरताको ज्ञान दिनुपर्ने भन्ने उद्धेश्यले वित्तीय साक्षरता विशेष अभिमुखीकरण विषयक अनुशिक्षण गर्नु भएको थियो साथै संस्थाहरुले गरेको प्रस्तुतीकरणमा पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो ।कार्यशालाले आगामी तेह्रौ कार्यशाला समूहमा आवद्ध कुम्भेश्वर महिला साकोसको आयोजनमा २०८३ जेष्ठ २३ गते शनिवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो ।