News

कोशिस पहिलो समूहको WE CAN कार्यशाला सम्पन्न

  • Bishal Timalsina
  • Jun 08, 2026 (1 month ago)
कोशिस पहिलो समूहको WE CAN कार्यशाला सम्पन्न
बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध पहिलो समूहका संस्थाहरुको १३ औ WE CAN कार्यशाला ललितपुर म.न.पा ११ स्थित कुम्भेश्वर महिला साकोसको आयोजनामा यूनिभर्सल इन्जिनियरिङ कलेजको सभाहल चाकुपाट ललिपुरमा मिति २०८३ जेष्ठ २३ गते शनिवार सम्पन्न भएको छ ।

बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा पहिलो समूहका १० वटा साकोसहरुको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता कुम्भेश्वर महिला साकोसका अध्यक्ष श्री शान्तलक्ष्मी खड्गीले गर्नुभएको थियो भने ललितपुर महानगरपालिका सहकारी महाशाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यता, बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको विशेष आतिथ्यता, बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटाको आतिथ्यतामा सम्पन्न भएको छ ।
सहभागी सम्पूर्णलाई कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आयोजक संस्थाका सञ्चालक सदस्य गायत्री शाहीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन आयोजक साकोसका सह लेखापाल लक्ष्मी थामीले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कोरावार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले सहकारीको कानुनी कागजी तयारीका सन्दर्भमा हुने कमजोरीहरु र यसवाट भविष्यमा कानूनी उपचारमा पर्ने असरका विषयसँग सम्वन्धित रही कानूनि व्यवस्था र व्यवहारिक अभ्यास विषयमा अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी १० वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित रही सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएको कार्यक्रममा विभागिय प्रमुख द्धय सुदर्शन दाहाल र विमला पुडासैनीले पृष्ठपोषण सहित सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाले आगामी चौधौ WE CAN कार्यशाला प्रोभिजन साकोसको आयोजनामा मिति २०८३ भदौ १३ गते शनिवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।
See less

Other News

Affiliations