Events

News

“कोशिस प्रभाव विश्लेषण कार्यक्रम सम्पन्न”

  • Bishal Timalsina
  • Sep 25, 2026 (12 hours ago)
  • Banepa -7
“कोशिस प्रभाव विश्लेषण कार्यक्रम सम्पन्न”
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखा को साझेदारीमा “कोशिस प्रभाव विश्लेषण कार्यक्रम” २०८३ आश्विन ०८ गते बिहिबार ललितपुर महानगरपालिका को सिटी सभाहलमा सम्पन्न भएको छ ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) का श्री सचिव ठाकुर प्रसाद बास्कोटाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ललितपुर महानगरपालिका आर्थिक विकास समिति संयोजक श्री रविन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आर्थिक विकास समिति सदस्य श्री दिनेश जंग पाण्डे, आर्थिक विकास महाशाखा प्रमुख श्री सहजित राई, सहकारी व्यवस्थापन शाखा प्रमुख श्री दयाराम खत्री तथा लघु, घरेलु तथा साना उद्योग शाखाका श्री चन्द्रलाल डंगोल को आतिथ्यता रहेको थियो भने बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको उपस्थिती रहेको थियो ।

बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण अधिकृत किशोर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख श्री सहजित राइले स्वागत मन्तब्य राख्नुभएको थियो । ललितपुर महानगरपालिका भित्रका कोशिस कार्यक्रममा आवद्ध २८ वटा सहकारी सस्थाबाट ४७ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख सुदर्शन दाहालले वित्तीय तथा गैर वित्तीय जोखिम न्युनिकरणको लागी कोशिस कार्यक्रमले आवद्ध संस्थाहरुमा पारेको प्रभाव, कार्यक्रमा आवद्धता देखि हालसम्म भएका उपलब्धी मुलक विषयवस्तु समेटेर समिक्षात्मक प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सहकारी संस्थाका सहभागी बाट उठेका जिज्ञासाहरु उपर बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ललितपुर महानगरपालिका आर्थिक विकास समिति संयोजक रविन्द्र श्रेष्ठले महानगरपालिका भित्रका सस्थाहरुको जोखिम न्युनिकरण, सक्षमता विकास तथा दिगो र सुशासन युक्त संस्था निर्माणको लागी बागमती प्रोस्कूनले विकास गरेको स्तरीकरण कार्यक्रम कोशिसले महत्वपुर्ण योगदान गरेको वताउदै कोशिस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटाले कोशिस कार्यक्रम आवद्ध संस्थाहरुको लागि प्राप्त सुधारात्मक सुझावहरुको कार्यन्वयन गर्दै अघि बढन सुझाव दिंदै नियमक निकायको मार्गदर्शन अनुरुप संस्था सञ्चालन गर्न यस किसिमका कार्यक्रमले सहयोग गर्ने र साकोसको स्तर उन्नतिमा बागमती प्रोस्कूनको निरन्तर सहयोग गर्ने र संस्था सुधारका लागि निरन्तर सम्पर्कमा रही सिकाई संचारलाई प्राथमिकतामा राख्नुपर्ने विषय राख्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Other News

Affiliations