बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध संस्थाहरु सातौं समूहको Initial WE CAN आज सिन्धुली जिल्लाको मुलकोट स्थित ताज रिभरसाइट रिसोर्टमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र समूह आवद्ध ९ वटा सहकारीकाृ सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री उद्धव सापकोटाले गर्नु भएको थियो । सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका प्रमुख कार्यकारी अधिकृतले व्यक्तिगत क्षमता विकासका लागि धारणा निर्माण विषयमा अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी ९ वटै सहकारी संस्थाले आफ्नो सहकारी संस्था अवस्थाको विषयमा कोशिस कार्यक्रमको सूचकको आधारमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाहरुले गरेको प्रस्तुतीकरणमा संघका व्यवसाय तथा अन्तरशाखा समन्वय विभागका प्रमुख सुर्दशन दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो ।
कार्यशालाले आगामी पहिलो कार्यशाला समूह आवद्ध दीपमाला महिला साकोसको आयोजनमा २०८३ आषढ ६ गते शनिवार अयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो