बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध सातौ समूहका संस्थाहरुको पहिलो WE CAN कार्यशाला दीपमाला महिला साकोसको आयोजना तथा बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा बहुउद्देश्यीय कृषक सहकारी संस्थाको सभाहल सुनकोशी ३, रातमाटा सिन्धुलीमा मिति २०८३ आषाढ ६ गते शनिवार सम्पन्न भएको छ ।दीपमाला महिला साकोस सुनकोशी ३, सिन्धुलीका अध्यक्ष श्री गौरा बरुवाको अध्यक्षता रहेको उक्त कार्यशालामा बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्काको प्रमुख आतिथ्यता रहेको थियो । सातौ समूहमा आवद्ध ९ वटा सस्थाहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई आयोजक संस्थाका सचिव श्री इश्वरी भुजेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आयोजक साकोसका व्यवस्थापक गोमा चौलागाईले गर्नुभएको थियो ।सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कोरावार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले संस्थाका अभिलेखहरुको पहिचान, वर्गिकरण, जिम्मेवारी र व्यवस्थापन गर्ने सीप अभिबृद्धि गर्ने उद्देश्य स्वरुप प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (Documentation and Reporting) सँग सम्वन्धित रही अनुशिक्षण गर्नु भएको थियो ।कार्यक्रममा सहभागी ९ वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित रही सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएको कार्यक्रममा विभागिय प्रमुख पुडासैनीले पृष्ठपोषण सहित सहजीकरण गर्नुभएको थियो ।कार्यशालाले आगामी दोस्रो WE CAN कार्यशाला ज्योती महिला साकोस खाल्टे, सिन्धुलीको आयोजनामा मिति २०८३ आश्विन १० गते शनिवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ