News

कोशिस तेस्रो र चौथो समूहको 6th WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Jun 13, 2026 (1 month ago)
कोशिस तेस्रो र चौथो समूहको 6th WE CAN Workshop सम्पन्न
बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध ललितपुर महानगरपालिका भित्रका तेस्रो र चौथो समुहका सहकारी संस्थाहरुकोे 6th WE CAN कार्यशाला बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौंमा मिति २०८३ जेष्ठ महिनाको २७ र २८ गते सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटाको अध्यक्षता र ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा कोशिस तेस्रो समूहका ७ सहकारी र चौथो समुहका ६ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । औपचारिक रुपमा शुभारम्भ भएको कार्यशालमा आयोजक संस्थाको तर्फवाट उपस्थित सम्पूर्णलाई कार्यक्रमको औचित्यता र उपदेयतामाथि प्रकाश पार्दै बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रवद्र्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हासिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा नियमति अनुशिक्षणको अभ्यास अन्तर्गत विभागिय प्रमुख पुडासैनीले सहकारीको कागजी प्रक्रिया तयारीका सम्वन्धमा व्यवहारिक अभ्यास र कानुनी प्रावधान विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा आवद्ध दुवै समूहका १३ वटा साकोसहरुका पछिल्लो तीन महिनाको प्रगति विवरण सहित कोशिसमा आवद्ध हुनुपूर्वको संस्थाको अवस्था र हाल सुधार भएका क्रियाकलापका विषय समेत समेटेर तयार गरेको प्रस्तुतिकरण र सो उपर पृष्ठपोषण विभागिय प्रमुख पुडासैनी र कार्यक्रम अधिकृत किशोर पौडेलले गर्नुहुँदै आगामी ३ महिनामा पुरा गर्नुपर्ने क्रियाकलापहरुमा सामूहिक प्रतिवद्धता समेत गराउनुभएको थियो ।
उक्त समूहको आगामी सातौ कार्यशाला २०८३ भाद्र २४ र २५ गते बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यालय मिनभवनमा आयोजना गर्ने निर्णय सहित सम्पन्न भएको छ ।

Other News

Affiliations