News

कोशिस तेस्रो समूहको 5th WE CAN Workshop सम्पन्न

  • Bishal Timalsina
  • Mar 13, 2026 (5 months ago)
कोशिस तेस्रो समूहको 5th WE CAN Workshop सम्पन्न
मिति २०८२ फाल्गुण २७ गते बुधवार । बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका, आर्थिक विकास महाशाखाको साझेदारीमा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षतामा तथा ललितपुर महानगरपालिकाका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको आतिथ्यतामा (कोशिस) कार्यक्रम अन्तरगत तेस्रो समूहको 5th WE CAN Workshop बागमती प्रोस्कूनको सदस्य सेवा कार्यालय काठमाडौमा सम्पन्न भएको छ ।
सहकारी संस्थाहरुको क्षमता विकास, सुशासन प्रर्वद्धन, कानूनी परिपालना र सदस्य सेवामा विशिष्टता हाँसिल गर्ने उद्देश्यले तीन तीन महिनामा आयोजना हुने कार्यशालामा आतिथ्यताको तर्फबाट सहकारी व्यवस्थापन महाशाखा प्रमुख खत्रीले सहकारी सञ्चालनमा परेको समस्यालाई बागमती प्रोस्कूनसँग सहजीकरणको अपेक्षाका साथ यो कार्यक्रम अघि बढेकोले नजानेर र नबुझेर भएका त्रुटीहरु सुधारमा संस्थाहरु अग्रसर भएर अघि बढ्न निर्देशन गर्नु हुदै राष्ट्रिय सहकारी नियमन प्राधिकरण अभिलेखिकरण भई कानूनको पालना गर्न सचेत गराउनु भएको थियो । कार्यक्रममा अध्यक्षताको आसनबाट संघका अध्यक्ष उद्धव सापकोटाले महानगरले सहयोग गरी सहकारी संस्थाहरुको सुशासन प्रर्वद्धनमा योगदान पुर्याएको चर्चा गर्नु हुदै नियामक निकायले जारी गरेको निर्देशन ऐन कानून मानेर अघि बढ्न कतिपय विषयमा असहजता रहन्छ तर कानूनी असहजतालाई सहज ढंगबाट कार्यान्वयन गर्नका लागि यो कार्यक्रम मार्फत बागमती प्रोस्कूनले सहयोग गर्ने हुँदा संघ मार्फत दिइएका सुझावलाई अक्षरस पालना गर्दै अघि बढे उदारणीय संस्थाको रुपमा आफूलाई चिनाउन सक्नुहुनेछ भन्दै कार्यक्रममा आवद्ध भएर मात्र होइन आफुलाई सुधार गरेर देखाउन आब्हान गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा सम्पूर्ण सहभागीहरुलाई संघका सचिव श्री ठाकूरप्रसाद बाँस्कोटाले शब्दबाट स्वागत गर्नु भएको थियो ।
नियमित अनुशिक्षणको अभ्यास अन्तर्गत सहकारीमा आन्तरिक सुशासन ९न्ययम न्यखभचलबलअभ ष्ल ऋययउभचबतष्खभ० विषयमा प्रशिक्षण गरिएको थियो भने सो पश्चात समूहमा आवद्ध सात वटै संस्थाहरुले अघिल्ला तीन महिनामा भएका प्रगतिहरुको प्रस्तुती गर्नु भएको थियो ।
उक्त कार्यक्रमका सञ्चालन, सहजीकरण तथा पृष्ठपोषण संघका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले गर्नु भएको थियो । आगामी छैटौं कार्यशाला २०८३ जेष्ठ २७ गते बुधवारका दिन बागमती प्रोस्कूनको आयोजनामा सदस्य सेवा कार्यालय मिनभवनमा आयोजना गर्ने निर्णय सहित कार्यशाला सम्पन्न भएको थियो ।

Other News

Affiliations