बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध दोश्रो समूहका संस्थाहरुको 10th WE CAN कार्यशाला काठमाडौं महानगरपालिका ७ स्थित नेचुरल साकोसको सभाहलमा मिति २०८३ बैशाख १२ गते शनिवार सम्पन्न भएको छ ।
नेचुरल साकोसको आयोजना र बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेचुरल साकोसका अध्यक्ष श्री शर्मिला शिल्पकारले गर्नु भएको थियो भने बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालामा आयोजक संस्थाका सचिव श्री विकल्प पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेचुरल साकोसका प्रशासन प्रमुख श्री सृजना पण्डीत ले गर्नुभएको थियो । सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका तालिम अधिकृत श्री किशोर पौडेलले सहकारीमा आन्तरिक सुशासन विषयक अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी सहकारी संस्थाले गर्नुभएकोे कोशिसको सूचकमा आधारित सहकारी संस्थाको अवस्था र प्रगतिको प्रस्तुतिकरणमा संघका व्यवसाय तथा अन्तरशाखा समन्वय विभाग प्रमुख श्री सुदर्शन दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो ।
कार्यशालाले आगामी एघारौं कार्यशाला समूहमा आवद्ध उज्यालो संपद साकोसको आयोजनमा २०८३ श्रावण १९ गते मंगलबार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो ।