बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बामगती प्रोस्कून) ले विकास गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध दोश्रो समूहका ११ औं WE CAN कार्यशाला आज सम्पन्न भएको छ । समूहमा आवद्ध उज्यालो संपद साकोसको आयोजना र बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा सम्पन्न कार्यशाला आयोजक संस्थाका अध्यक्ष श्री रमेशप्रसाद तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको प्रमुख आतिथ्यता र संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालको आतिथ्यता रहेको थियो भने आयोजक संस्थाका व्यवस्थापक श्री राजन सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिव श्री नविन नेपालले सञ्चालन गर्नु भएको थियो ।समूहमा आवद्ध ९ वटा सहकारी संस्थाको सहभागिता रहेको कार्यक्रमको उद्धघाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्था पहिलो जसरी चलाएर हुदैन भन्नु हुदै नियामकहरुको निगरानी भन्दा सहकारी संस्थाहरुको आफ्नो स्वायत्तताका लागि आफैं स्वनियमनमा बस्नु पर्ने र त्यसको लागि बागमती प्रोस्कूनले कोशिस कार्यक्रम मार्फत स्वनियमनमा बस्नका लागि शिक्षा र सीप हस्तान्तरण गरिरहेकोले यसलाई व्यवहारमा लागु गर्नका लागि अनुरोध गर्नु भएको थियो ।कार्यक्रममा नयाँ विषयमा अनुशिक्षण गर्ने परम्परा अनुसार बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले “जीवनको अर्थ र कामको शक्ति” विषयमा अनुशिक्षण गराउनु भएको थियो । सो प्रस्तुती मार्फत शक्तिशाली व्यवस्थापनका तीन सुत्रहरु “मानव जीवनको उद्देश्य”, “काम र मस्तिष्क विज्ञान” तथा “काम र खुशी” को सम्बन्धलाई चर्चा गरिएको थियो ।सो पश्चात समूहमा आवद्ध ९ सहकारी संस्थाहरुले संघले उपलब्ध गराएको प्रस्तुतीकरणको ढाँचामा आधारित रही विगत ३ महिनाको प्रगति प्रस्तुत गर्नु भएको थियो । संस्थाहरुले गर्नु भएको प्रस्तुतीकरण उपर बागमती पेस्कूनका प्रमुख कार्यकारी अधिकृतले प्राविधिक सुझाव सहित पृष्ठपोषण गर्नु भएको थियो ।कार्यक्रमले आगामी १२ औं WE CAN कार्यशाला मिति २०८३ कार्तिक १४ गते शनिवार जोरपाटी साकोसको आयोजनामा सम्पन्न गर्ने निर्णय सहित सम्पन्न भएको थियो