बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को आयोजना तथा ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको सहकार्यमा कोशिस कार्यक्रम छैटौं समूहमा आवद्ध सहकारी संस्थाहरुको सञ्चालक र कर्मचारीको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप मिति २०८३ ज्येष्ठ ०३ गते देखि ०५ गतेसम्म काठमाडौको मिनभवन स्थीत बागमती प्रोस्कूनको सेवाकार्यालयको सभाहलमा सञ्चालित तीन दिने संगठनात्मक विकास तालिम (Organizational Development Training) सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटा ज्यू को अध्यक्षता तथा ललितपुर महानगरपालिका सहकारी व्यबस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्री ज्यू को प्रमुख अतिथ्यतामा शुभारम्भ भएको तालिम कार्यक्रममा बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटा ज्यूले उपस्थित सम्पूर्णलाई तालिम कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत श्री किशोर पौडेलले गर्नुभएको थियो ।
बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास बिभाग प्रमुख श्री बिमला पुडासैनी र कार्यक्रम अधिकृत श्री किशोर पौडेलले प्रशिक्षण गर्नुभएको तिन दिने तालिममा आठ वटा सहकारी सस्थाबाट २० जना सहभागीहरूको सहभागीता रहेको थियो ।
तालिमको समापनमा सत्रमा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षतामा साथै संघका वरिष्ठ उपाध्यक्ष श्री जिवसराज खड्का र प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहाल ज्यू को उपस्थितीमा सहभागि सम्पूर्णलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।