बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को आयोजना तथा रामेछाप नगरपालिकाको सहकार्यमा मिति २०८३ बैशाख २७ गते देखि २९ सम्म रामेछाप नगरपालिकाको सभाहलमा सञ्चालित संगठनात्मक विकास तालिम सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका संचालक समिति सदस्य श्री जगन्नाथ दाहालको अध्यक्षता तथा रामेछाप नगरपालिकाका नगर प्रमुख श्री लवश्री न्यौपाने प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा रामेछाप नं.पा. सहकारी शाखा प्रमुख श्री हरिभगत श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बैशाख २७ गते देखि २९ गते सम्म ३ दिन सम्म सञ्चालन भएको तालिममा बागमती प्रोस्कूनका व्यवसाय तथा अन्तरशाखा समन्वय विभाग प्रमुख सुदर्शन दाहालले प्रशिक्षण गराउनु भएको थियो भने उक्त तालिम नौ वटा सहकारी सस्थाबाट ३० जनाको सहभागीतामा सम्पन्न भएको थियो । कार्यक्रमको समापन सत्रमा रामेछाप नगरपालिकाका नगर प्रमुख श्री लवश्री न्यौपानेको प्रमुख अतिथ्यता तथा रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री भोला प्रसाद चापागाई को उपश्थिती रहेको थियो ।