News

संघ समुहको तेश्रो WE CAN कार्यशाला धुलिखेलमा सम्पन्न

  • Bishal Timalsina
  • Apr 30, 2026 (4 months ago)
संघ समुहको तेश्रो WE CAN कार्यशाला धुलिखेलमा सम्पन्न
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि, काभ्रेपलाञ्चोकको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को प्राविधिक सहयोगमा बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध बचत संघहरुको तेश्रो WE CAN कार्यशाला मिति २०८३ बैशाख १५ गते मंगलबार धुलिखेल भिलेज रिसोर्टको सभाहलमा सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि अध्यक्ष उदयराम कायस्थको अध्यक्षता तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) का वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा कार्यशाला सञ्चालन भएको थियो । संघका सचिव राजन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहभागी संघहरुले गर्नुभएकोे कोशिसको सूचकमा आधारित संघको अवस्था र प्रगतिको प्रस्तुतिकरणमा संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संघहरुका अध्यक्ष, सञ्चालक पदाधिकारी, व्यवस्थापकहरु, बागमती प्रोस्कून सहित ११ वटा संघहरुको सहभागिता उपस्थिती रहेको थियो ।
कार्यशालाले आगामी चौथो WE CAN कार्यशाला समूहमा आवद्ध ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनमा २०८३ आश्विनमा आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो ।

Other News

Affiliations