News

साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम ( SACCOS Managers' Capacity Enhancement Training) सम्पन्न

  • Bishal Timalsina
  • Feb 27, 2026 (6 months ago)
  • Banepa -7
साकोस व्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिम ( SACCOS Managers' Capacity Enhancement Training) सम्पन्न
बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता विकासका लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) ले विकास गरेको साकोस व्यवस्थापक क्षमता विकास तालिमको पाठ्यक्रममा आधारित ‘साकोस व्यवस्थापकहरुको क्षमता विकास तालिम’ (पहिलो समूह)  २०८२ फाल्गुण १० गते सम्पन्न भएको छ ।
सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुलाई व्यवस्थापकीय क्षमता भित्र व्यवस्थापक व्यवस्थापकीय सोचको विकास, सफल व्यवस्थापक बन्ने सुत्रहरु, व्यवस्थापक र व्यवस्थापकीय गुणहरु, सहकारीका मूल आर्दश, सहकारीको व्यवहार, सहकारी ऐन नियमकको परिपालना, गुणस्तरीय सेवा प्रवाहमा व्यवस्थापकको क्षमता, सहकारीको उत्पादन तथा सेवा विकास र उपयोग, प्रविधीमा आधारित सेवा र दीर्घकालिन सोच एवम् सहकारी संस्थालाई सामुदायिक विकासको एक हिस्साको रुपमा स्थापित गराउन सहकारीमा व्यवस्थापकले खेल्ने भूमिकालाई तिन दिनको १२ वटा सत्रमा संरचित पाठ्यक्रम भित्र सैद्धान्तिक र व्यवहारिक अभ्यासको माध्यमबाट सञ्चालन भएको तालिम संघको अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य डा. रमेशप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको थियो । ३३ वटा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक, वरिष्ठ अधिकृत, विभागिय प्रमुख तथा सेवा केन्द्र प्रमुखहरु सहभागी रहनु भएको उक्त तालिकको उद्घाटन सत्रमा संघका महिला उपाध्यक्ष श्री कल्पना श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन संघको प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले गर्नु भएको थियो । उद्द्घाटन सत्रको प्रमुख अतिथी डा. रमेशप्रसाद चौलागाईले व्यवस्थापक संस्थाको मुख्य जिम्मेवार व्यक्ति व्यवस्थापक भएको उल्लेख गर्नु हुदै व्यवस्थापकहरुमा व्यवसायिकता विकास हुनु जरुरी भएको र व्यवस्थापकहरुले सिकाईलाई व्यवहारमा प्रर्दशन गर्नु पर्ने बताउनु भएको थियो । सो अवसरमा अझै पनि सहकारी संस्थाहरु कारोबार गर्ने अनुमतिका लागि प्राधिकरणको दर्ता प्रकृयामा जोडिन नआउनु भएको कुरा बताउनु हुदै यस कार्यमा सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नु भएको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत श्री केशबप्रसाद दाहालको मुख्य प्रशिक्षणमा सञ्चालन भएको तालिमको सहजीकरण व्यवसाय तथा अन्तरशाखा समन्वय विभाग प्रमुख श्री सुर्दशन दाहाल, तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख बिमला पुडासैनी र कार्यक्रम अधिकृत श्री किशोर पौडेलले गर्नु भएको थियो । तीन दिनसम्म सञ्चालन भएको तालिम संघको सचिव श्री ठाकूरप्रसाद बाँस्कोटाको धन्यवाद ज्ञापन एवम् संघको अध्यक्ष श्री उद्धव सापकोटाले प्रमाणपत्र वितरण गरी सम्पन्न उक्त तालिम कार्यक्रमले व्यवस्थापकहरुको भूमिकालाई थप प्रभावकारी बनाउन असाध्यै धेरै सहयोग गरेको सहभागीहरुले प्रतिक्रिया दिनु भएको थियो ।

Other News

Affiliations