पाँचपोखरी थाङ्पाल गाँउपालिका, गाँउ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को सहकार्यमा बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम (कोशिस) अभिमुखिकरण कार्यक्रम २०८३ जेठ २९ गते शुक्रबार पाँचपोखरी थाङ्पाल गाँउपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) का सञ्चालक सदस्य श्री निर्मला धितालकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाँउपालिका का अध्यक्ष टासि लामा को प्रमुख आतिथ्यता रहेको थियो । पाँचपोखरी थाङ्पाल गाँउपालिकाका उपाध्यक्ष श्री सुनिता अधिकारीको विशेष अतिथ्यता रहेको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मण कुईकेल तथा सहकारी शाखा प्रमुख श्री ध्रुव लामिछानेको आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रोस्कूनका ब्यवसाय तथा अन्तरशाखा समन्वय विभाग प्रमुख श्री शुदर्सन दाहालले स्तरीकरण कार्यक्रमको अवधारणा, कोशिस कार्यक्रमका सुचकहरु,नेपालको बचत तथा ऋण अभियानमा स्तरीकरण कार्यक्रमले ल्यायको सकारात्मक परीवर्तन लगायतका विषयवस्तु समेटेर संगठनात्मक दिगोपन र सस्थागत सेवाका लागी सहकारी स्वःनियमन कार्यक्रम (कोशिस)का विषयमा आफ्नो प्रस्तुती सहित सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाँउपालिकाका विभिन्न १० वटा सहकारी सस्थाका अध्यक्ष एवं ब्यबस्थापकहरु गरी २० जनाको उपस्थीती रहेको थियो