बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को अयोजनामा सञ्जाल व्यवस्थापन सम्बन्धी अन्तर सम्बाद कार्यक्रम मिति २०८३ बैशाख १६ गते बुधवार धुलिखेल भिलेज रिसोर्ट, धुलिखेल काभ्रेमा सम्पन्न भयको छ ।बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको सभापतित्व तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यता र बागमती प्रदेश,सहकारी तथा गरिवी निवारण मन्त्रालय, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रदिपराज पौडेलको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी बैकका सञ्चालक रामहरी बजगाईको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रारले संघहरूको वर्तमान अवस्था, अभियानमा खेलेको भूमिका तथा अबको कार्यदिशाको सवालमा प्रस्तुति गर्नु भएको थियोे भने दोस्रो चरणमा संघहरूको तहगत संरचना र कार्यहरूको वर्गिकरण गरिएको थियो ।कार्यक्रममा विभिन्न संघका अध्यक्ष, सञ्चालक पदाधिकारी, व्यवस्थापकहरु, बागमती प्रोस्कून सहित १२ वटा संघहरुको सहभागिता उपस्थिती रहेको थियो ।