News

वित्तीय साक्षरता (Financial Literacy) तालिम सम्पन्न

  • विमला पुडासैनी
  • Jan 07, 2026 (8 months ago)
वित्तीय साक्षरता (Financial Literacy) तालिम सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. ( बागमती प्रोस्कून )को आयोजनामा मकवानपुरको हेटौडा स्थित पल्पसा प्याराडाइज होममा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ । पौष १८ देखि २० गतेसम्म गैरआवसिय रुपमा सञ्चालित उक्त तालिम कार्यक्रममा मकवानपुर, चितवन र धादिङ जिल्लाका २४ वटा साकोसवाट २५ जनाको सहभागिता रहेको थियो ।
बागमती प्रोस्कूनका महिला उपाध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा शुभारम्भ भएको तीन दिवसिय तालिममा बामगती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल एवम् तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीको सहजीकरण रहेको थियो भने व्यवसाय विभाग प्रमुख सुदर्शन दाहाल र कार्यक्रम अधिकृत किशोर पौडेलको व्यवस्थापकिय सहयोग रहेको थियो । प्रदेश सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालयकोे वित्तीय सहयोग रहेको उक्त कार्यक्रमकाे समापन सत्रमा मन्त्रालयका सचिव खुविराम अधिकारी, बामगती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ , महासचिव गोविन्द प्रसाद काफ्लेको समेतको उपस्थिती रहेको थियो ।
समापन सत्रमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रदेश सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवज्यूले वित्तीय साक्षरता व्यक्तिलाई वित्त सम्वन्धि साक्षर गराउने कार्यक्रम हो जवसम्म व्यक्तिले वित्तलाई बुझ्दैन उसले अरुलाई साक्षर गराउन सक्दैन यसर्थ सिकेका कुरा आफूवाट लागू गरी संस्था मार्फत सदस्यहरुलाई वित्तीय रुपमा साक्षर गराउन निर्देश गर्दै सहभागी सवैलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै बागमती प्रोस्कूनका अध्यक्षज्यूले बामगती प्रोस्कून शिक्षा तालिममा मात्र नभई सदस्यहरुको हर समस्या समाधान गर्न तयार छ, त्यसका लागि निरन्तर समन्वयमा रहन आग्रह गर्नुभयो भने सिकेका कुरा व्यवहारत लागू गर्न अनुरोध गर्दै सम्पूर्णलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभई कार्यक्रम समापन गरिएको थियो ।

Other News

Affiliations