News

योग्य र उपयुक्त व्यक्ति परीक्षण (fit-and-proper-person test) ले कानूनी मान्यता पाउने सम्भावना बढ्यो

  • Bishal Timalsina
  • May 30, 2026 (3 months ago)
योग्य र उपयुक्त व्यक्ति परीक्षण (fit-and-proper-person test) ले कानूनी मान्यता पाउने सम्भावना बढ्यो
बागमती प्रोस्कूनले सहकारी संस्थाको सञ्चालक समिति तथा उच्च व्यवस्थापनमा संलग्न हुने योग्य तथा उपयुक्त व्यक्ति परीक्षण अभ्यास गर्नु पर्ने विषयमा चालु आ.व को शुरु देखि नै आवाज उठाउदै आएको थियो । संघले योग्य तथा उपयुक्त व्यक्ति परीक्षणका लागि कार्यविधी सहितको मापन सूचकहरु तयार गरी प्रदेश सरकारसंग पैरवी गर्दै आएको छ भने अभियानमा एक दिवसीय तालिम कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०८३ जेठ ११ गते प्रकाशित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदनको सिफारिस खण्डको सुशासनका लागि सहकारी संस्थाको कारोवार अनुसार समिति सदस्यहरुका लागि न्यूनतम योग्यता (Fit and Proper Critera ) व्यवस्था गर्ने भन्ने सिफारिस भए संगै अब सहकारी संस्थाको सञ्चालक हुन योग्य तथा उपयुक्त व्यक्ति परीक्षण (fit-and-proper-person test) ले कानूनी मान्यता पाउने सम्भावना बढेको छ । यस कुरालाई आत्मसाथ गर्दै बागमती प्रोस्कून आवद्ध कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था ललितपुरको आयोजना र बागमती प्रोस्कूनको प्राविधिक सहजीकरणमा १ दिने योग्य तथा उपयुक्त व्यक्ति परीक्षण” (fit-and-proper-person test) अभिमुखीकरण हिजो मिति २०८३ जेष्ठ १५ गते शुक्रवार यूनिभर्सल कलेज ललितपुर कुम्भेश्वरको सहभाहलमा सम्पन्न गरेको छ ।
ललितपुर महानगरपालिकाको समेत सहयोग रहेको उक्त अभिमुखीकरण कार्यक्रम कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री शान्तलक्ष्मी खड्गीको अध्यक्षता साथै बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीको सहजीकरणमा सम्पन्न भएको थियो । आयोजक संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति साथै कर्मचारीहरुको सहभागिता रहेकाे कार्यक्रममा बामगती प्रोस्कूनले विकास गरेको योग्य तथा उपयुक्त व्यक्ति परीक्षणका सूचकहरुमा अभ्यास समेत गरिएको थियो ।

Other News

Affiliations