बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को अयोजनामा २ दिने बैठक ब्यवस्थापन, माईन्युट लेखन तथा प्रतिवेदन तयरी सम्बन्धी तालिम मिति २०८३ आश्विन ०४ र ०५ गते बानेश्वर, मिनभवन स्थीत बागमती प्रोस्कूनको सभाहल सम्पन्न भयको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता रहेको तालिमको उद्घाटन सत्रमा सचिव श्री ठाकुरप्रसाद बास्कोटाको विशेष उपस्थिति रहेको थियो । संघका सचिव श्री ठाकुरप्रसाद बास्कोटाले तालिमको औचित्य, आवश्यकता तथा उपयोगितामाथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले गर्नुभएको थियो ।
सहकारी संघ/संस्थाहरूको संस्थागत सुशासन, व्यवस्थापकीय क्षमता तथा अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा बागमती प्रदेशभित्रका ६ वटा जिल्लाका विभिन्न सहकारी संघ/संस्थाबाट २१ जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभाग प्रमुख श्री विमला पुडासैनीले बैठकका प्रकार, बैठक सञ्चालनका सिद्धान्त, भूमिका र जिम्मेवारी, समय व्यवस्थापन, प्रभावकारी बैठकका सीपहरू, बैठकको सूचना तयार गर्ने, एजेण्डा निर्माण गर्ने, प्रस्ताव तयार गर्ने विधि र अभ्यास, निर्णय प्रक्रिया, निर्णयमा स्पष्ट, कानुनी र कार्यान्वयनयोग्य निर्णय लेख्ने तरिका, माइन्यूट लेखनका नियम, संक्षिप्त माइन्यूट तयार गर्ने सीप र अभ्यास, माइन्यूट अभिलेख, डिजिटल रेकर्ड व्यवस्थापन, फाइलिङ सिस्टम निर्माणको कार्ययोजना र गर्ने तरिका, प्रगति समीक्षा, प्रतिवेदन तयार गर्ने विधि र अभ्यास, व्यावहारिक अभ्यास मार्फत बैठक सञ्चालन, माइन्यूट लेखन र प्रतिवेदन तयारी संग सम्बन्धीत रहि प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण गर्नुभएको थियो भने तालिम अवधिभर संघका ज्ञान, अनुसन्धान, नीति तथा नवप्रवर्तन विभागका सहायक श्री रामकृष्ण दुलालले आवश्यक प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले सहकारी संस्थाका निर्णयहरूलाई कानुनी रूपमा वैध, प्रमाणित तथा संस्थागत अभिलेखका रूपमा सुरक्षित राख्न बैठक व्यवस्थापन, निर्णय लेखन, माइन्युट लेखन तथा अभिलेख व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै, संस्थाका हरेक महत्वपूर्ण निर्णय तथा गतिविधिलाई प्रचलित कानुन, नियम तथा संस्थाको विनियमअनुरूप व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सुझाव दिदै तालिममा सहभागी सम्पूर्णलाई सहभागीताको प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको थियो ।