बागमती प्रोस्कूनले विकास गरेको संगठनात्मक दिगोपन र संस्थागत सेवाहरुको लागि सहकारी स्वःनियमन कार्यक्रम (कोशिस) बागमती प्रोस्कूनको आयोजना र ललितपुर महानगरपालिका, आर्थिक विकास महाशाखाको साझेदारीमा बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष श्री जिबसराज खड्काको अध्यक्षतामा साथै ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यतामा कोशिस चौथो समूहको 7th We Can Workshop समूहमा आवद्ध ६ वटा सहकारीका पदाधिकारी, व्यवस्थापक र प्रतिनिधिहरु गरी १७ जनाको उपस्थितीमा बागमती प्रोस्कूनको सेवा कार्यालय काठमाडौमा मिति २०८३ भाद्र २५ गते विहिवार सम्पन्न भएको छ ।
कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले कार्यक्रमको औचित्य र उपदेयता माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख सुदर्शन दाहालले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कोरावार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले नयाँ विषयवस्तुमा आधारित “जीवनको अर्थ र कामको शक्ति” विषयमा प्रभावकारी अनुशिक्षण गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी ७ वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित रही सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएको कार्यक्रममा बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख सुदर्शन दाहालले प्रस्तुतिकरण उपर पृष्ठपोषण सहित सामुहिक प्रतिवद्धता गराउनु भएको थियो ।
कार्यशालाले आगामी आठौं We Can Workshop कार्यशाला बागमती प्रोस्कूनको आयोजनामा मिति २०८३ मंसिर २९ गते मंगलवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।