बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आबद्ध संस्थाहरु आठौ समूहको तेश्रो WE CAN कार्यशाला मिति २०८३ कार्तिक १४ गते शनिवार रामेछाप नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र रामेछाप नगरपालिकाको साझेदारीमा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका सञ्चालक जगन्नाथ दाहालको अध्यक्षता रहेको थियो भने रामेछाप नगरपालिकाका नगर प्रमुख श्री लवश्री न्यौपाने प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाका वरिष्ठ शाखा अधिकृत श्री सुन्दर थापा तथा जिल्ला बचत संघ रामेछापका सञ्चालक श्री देव वहादुर श्रेष्ठको आतिथ्यता रहेको थियो । रामेछाप नगरपालिकाका वरिष्ठ शाखा अधिकृत श्री सुन्दर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बागमती प्रोस्कूनका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले गर्नुभएको थियो । कार्यक्रममा समूहमा आवद्ध ८ वटा सहकारी संस्थाहरुबाट २९ जनाको सहभागितामा रहेको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले “सहकारी आन्तरिक सुशासन” विषयमा अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी ८ वटा सहकारी संस्थाले आफ्नो सहकारी संस्थाको अवस्थाको विषयमा कोशिस कार्यक्रमको सूचकको आधारमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाहरुले गरेको प्रस्तुतीकरणमा विभागिय प्रमुख सुर्दशन दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो ।
कार्यशालाले आगामी तेश्रो कार्यशाला संघको आयोजनामा २०८३ माघ १६ गते शनिबार अयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको थियो ।